काठमाडौं। भारत र नेपालबीचको सिमा विवादमा बेलायतलाई संलग्न गराउनुपर्ने आफ्नो अभिव्यक्तीका कारण प्रधानमन्त्री बालेन्द्र शाह बालेन अप्ठेरोमा परेका छन्। भारतले बालेनको उक्त भनाईको कडा प्रतिवाद गरेको छ।

दुई देशबीचको विवादमा तेस्रो पक्षको भूमिका आवश्यक नरहेको भारतले स्पष्ट पारेको छ। बालेनले जेठ १७ गते संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै भारतले मिचेको लिपुलेक,लिम्पियाधुरा र कालपानी फिर्ता ल्याउने सम्बन्धमा उक्त जवाफ दिएका थिए। भारतले उक्त भूभागमा कुनै समस्या नरहेको दावी गर्दै आएको छ।
पहिलोपटक संसदमा आएर बोलेका प्रधानमन्त्री बालेन यतिबेला विवादमा छन्। उनले संसदमा बोलेको ‘नेपालले पनि भारतको भूभाग मिचेको रहेछ’ अभिव्यक्तीलाई लिएर उनले माफी माग्नु पर्ने भन्दै विपक्षीहरुले संसदमा अवरोध गरिरहेका छन्।

