काठमाडौं। चर्चित टिकटकर तथा तुल्सा कलेक्सनकी सन्चालक तुल्सा अधिकारी कारागार चलान भएकी छिन्।
ललितपुर जिल्ला अदालतले बिहीबार तुल्सालाई मुद्धा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। अधिकारीविरुद्ध झन्डै २१ करोड सम्पत्ती शुद्धिकरणको आरोप छ। उनीविरुद्ध एक व्यक्तीले आफुलाई बला्त्कार कसुरमा फसाई दिने भनेर झन्डै साढे ४ करोड रुपैयाँ लिएको आरोप पनि लगाएका थिए।

प्रहरीले इन्टर पोलको सहयोगमा उनलाई थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याएको हो।





