काठमाडौं। परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा लिपुलेक,लिम्पियाधुरा नेपालकै भएको दोहोर्याएका छन्।
स्वेदश फर्कनु अघि आइतबार स्थानीय पत्रकारहरुसँग कुराकानी गर्दै ती भूभाग नेपालको भएकाले भारत र चीनले नेपालको सहमतीविना सम्झौता गर्न नसक्ने बताए।

यसअघि मानसरोबर यात्राका लागि उक्त मार्ग प्रयोग गर्ने दुई देशको सहमतीपछि नेपालले दुवै देशलाई कुटनीतिक नोट पठाइसकेको छ। भारतले भने नेपालको दावी नपुग्ने बताउँदै आएको छ।


