काठमाडौं । गृहमन्त्रीमा फर्किएका सुदन गुरुङले राजदरबार हत्याकान्डको फाइल खोल्ने निर्णय गरेका छन्। पदभार ग्रहणपछि पत्रकार सम्मेलन गर्दै उनले २५ वर्ष पुरानो घटनाको फाइल खोल्ने निर्णय गरेका हुन्।
राजदरबार हत्याकाण्डबारे यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन तयार गर्न कार्यदल बनाउने निर्णय भएको पनि जानकरी दिए।
यस्तै गृहमन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम गठन गर्ने निर्णय पनि भएको छ।


