काठमाडौं। नेपाल जारी एसिसि महिला प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलबाटै बाहिरिएको छ। बुधबार भएको खेलमा नेपाल, थाइल्यान्डसँग ५६ रनले पराजित भयो।
पहिला ब्याटिङ गरेको थाइल्यान्डले नेपाललाई एक सय ३१ रनको लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र जोड्न सक्यो। नेपालका लागि सोनी पाख्रिनले १५, सम्झना खड्काले १२, रुबिना क्षैत्रीले २० र सिता रानामगरले १२ रन बनाए।

रुबी पोदारले खाता खोल्न सकिनन् भने पुजा महतोले २ रन बनाइन्। इन्दु बर्मा ७, कविता कुँवर १ र कविता जोशी ४ रन जोडेर आउट भए।


