काठमाडौं। फिफा विश्वकप फुटबलको २३ औँ संस्करण आजबाट अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुँदै छ। राती हुने पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दैछन्।
विश्वकपमा विश्वभरबाट छनोट भएर आएका ४८ टिम सहभागी हुँदैछन्। पहिलो चरणमा ४/४ वटा टिमका १२ वटा समूह रहेका छन्। समूहका विजेता र उपविजेतासँगै ८ वटा सर्वोत्कृष्ट तेस्रो टोलीले अन्तिम-३२ को यात्रा तय गर्नेछन्।

अर्जेन्टिना प्रतियोगिताको साविक विजेता हो। फ्रान्सलाई टाइब्रेकरमा हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो। ब्राजिल सर्वाधिक ५ पटकको विजेता रहेको छ।


