काठमाडौं : मास्टर सेफ सन्तोष शाह पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शाहलाई शुक्रबार जनकपुरबाट नियन्त्रणमा लिएको हो।
उनीसहित चार जनाविरुद्ध सकुन्तला अधिकारीले चेक बाउन्सको उजुरी दिएकी थिइन्। एक करोडभन्दा बढीको बिगो रहेको बुझिएको छ। गैह्रिधारामा अधिकारीसँग नै खरिद गरेर त्यहाँ पछि मिथिला थाली सन्चालन गरेका थिए।

त्यही कारोबारको रकम चुक्ता नहुँदा अधिकारी प्रहरीकहाँ पुगेकी थिइन्।


