काठमाडौं। विशेष अदालतले व्यवसायीद्धय दीपक भट्ट र सुलभ अग्रवालाई थुनामा पठाउने आदेश गरेको छ। उनिहरु डिल्लीबजार कारागार चलान भएका छन।
उनीहरुलाई बुधबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

भट्ट र अग्रवालमाथिसेयर बजारमा चलखेल गरेको, बिमा कम्पनीको रकम दुरुपयोग गरेको र बैंकिङ कसुर गरेको आरोप छ।
भट्ट र अग्रवाल दुवैमाथी जनहीँ २५ अर्ब रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।


