काठमाडौं। घरेलु टोली मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण पुगेको छ। समूहगत चरणमा लगातार दोस्रो जित हात पार्दै मेक्सिकोले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो। मेक्सिकोले शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियालाई १-० गोलले हरायो।
दक्षिण कोरियाविरुद्ध लुइस रोमोले ५० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। समूहमा २ खेलपछि मेक्सिको ६, दक्षिण कोरियाको ३ तथा चेक गणतन्त्र र दक्षिण अफ्रिकाको १/१ अंक रहेको छ।





