काठमाडौं। रास्वपाको पहिलो महाधिवेशनले रवि लामिछानेको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको छ। रवि फेरी अध्यक्षमा दोहोरिए। उनी निर्विरोध निर्वाचित भए। उपसभापतीमा स्वर्णिम वाग्ले निर्विरोध भए। उपसभापतीको महिला कोटामा सोविता गौतम विजयी भइन्।
गौतमले ७८९ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत ल्याइन्। त्यस्तै, महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । उनले ६७३ मत प्राप्त गरे । उनले मनिष झालगायतलाई हराए।

सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भए। महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भइन्। त्यसअघि महाधिवेशनले पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित गरेको थियो।

