काठमाडौं। दुई उपाधि दावेदार जर्मनी र नेदरल्यान्ड्स जारी विश्वकप फुटबलको अन्तिम ३२ बाटै बाहिरिएका छन्।
उनिहरुलाई हराउँदै पाराग्वे र मोरक्को अन्तिम १६ पुगेका छन्। यस्तै जापानलाई २-१ गोलले हराउँदै ५ पटकको बिजेता ब्राजिल पनि प्रिक्वाटरफाइनल पुगेको छ।

पाराग्वेले जर्मनीलाई र मोरक्कोले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराए। दुवैले टाइब्रेकर ३-२ ले जिते। दुवै खेलमा निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
ब्राजिलले भने एक गोलले पछाडि परेको अवस्थाबाट पुनरागमन गर्दै खेलमा जित हात पारेको थियो।

