काठमाडौं। गाली बेइज्जती मुद्धामा दोषी ठहर भएका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।
कन्चनपुर प्रहरीले उनलाई महेन्द्रनगरबाट पक्राउ गरेको हो। उनलाई उच्च अदालतले एक महिना ७ दिन कैद र १२ हजार एक सय रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपुर्ती भराउनुपर्ने फैसला सुनाएको थियो।

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा पटकपटक वि वादमा आएका उनले गाली बेइज्जती गरेको आरोप लागेको थियो।

