काठमाडौं। साविक विजेता अर्जेन्टिना विश्वकप फुटबलको प्रिक्वाटरफाइनल पुगेको छ। शनिबार बिहान भएको खेलमा केप भर्डेलाई ३-२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ पुगेको छ।
एक सय ११ औँ मिनेटमा केप भर्डेका डिफन्डेर डिने भर्गेसबाट भएको आत्मघाती गोलमा अर्जेन्टिनाले जित हात पारेको हो। लियोनल मेस्सीको कर्नर प्रहारमा बल क्लियर गर्न खोज्दा आफ्नै गोल पोस्टभित्र छिरेको थियो।

त्यसअघि केप भर्डे दुईपटक खेलमा पछाडि परेर पनि बराबरीमा फर्किएको थियो। लियोनल मेस्सीले २९ औँ मिनेटमा अग्रता दिलाएका थिए। डेरो डुएर्टले ५९ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए। अतिरिक्त समयमा लिसान्द्रो मार्टिनेजले ९२ औँ मिनेटमा गोल गर्दै पुन अग्रता दिलाएका थिए।
तर १०३ औँ मिनेटमा सिड्नी लोपेस काब्रलले गोल गर्दै केप भर्डेलाई बराबरीमा पुर्याएका थिए। अर्जेन्टिनाले क्वाटरफाइनल प्रवेशका लागि इजिप्टसँग खेल्ने छ। इजिप्ट अस्ट्रेलियालाई टाइब्रेकरमा हराएर अन्तिम १६ पुगेको छ।


