काठमाडौं। साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ।
आइतबार बिहान भएको खेलमा इङ्ल्यान्डले नर्वेलाई २-१ र अर्जेन्टिनाले स्वीट्जरल्यान्डलाई ३-१ ले हरायो। अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र इङ्ल्यान्ड भिड्नेछन्। यस्तै अर्को सेमिफाइनलमा फ्रान्सले स्पेनको सामना गर्ने छ।

नर्वेविरुद्ध इङ्ल्यान्डका जुड बेलिङ्घमले गोल गरे। यता स्विट्जरल्यान्डविरुद्ध म्याक एलिस्टर, जुलियन अल्भारेज र लौतारो मार्टिनेजले गोल गरे।

