काठमाडौं। विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता अर्जेन्टिना र पूर्व विजेता स्पेन भिड्ने भएका छन्। बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-१ गोलले हरायो। यसअघि पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० ले पराजित गरेको थियो।
इङ्ल्यान्डविरुद्ध अर्जेन्टिनाका इन्जो फर्नान्डेज र लौतारो मार्टिनेजले गोल गरे। ८४ औँ मिनेटसम्म १-० गोलले पछाडि रहेको अर्जेन्टिनाका लागि फर्नान्डेजले ८५ र मार्टिनेजले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए।

अर्जेन्टिना लगातार पाचौँ उपाधि जित्ने प्रयाशमा रहेको छ। उसले सन् २०२१ र २०२४ मा कोपा अमेरिका तथा सन् २०२२ मा विश्वकप जितेको थियो भने त्यसै वर्ष फाइनलिसिमाको पनि उपाधि हात पारेको थियो।
यस्तै मेस्री तेस्रोपटक फाइनल पुगेका छन्। सन् २०१४ मा पहिलोपटक फाइनल पुग्दा उपविजेतामै सिमित भएका थिए भने गोल्डेन बल जितेका थिए। गत विश्वकपमा फाइनल मात्र पुगेनन् उपाधि पनि जिते अनि गोल्डेन बल पनि। यसपटक उनी गोल्डेन बुट पनि जित्ने होडमा बलियो छन्।

