काठमाडौं। नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलले मंगलबार बिहान प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई भेटेका छन्।
रास्वपा सांसद राजुनाथ पाण्डे नेतृत्वमा गोकर्णेश्वरस्थित सेनाको ब्यारेक जोडिएको पर्खाल जब र्जस्ती भत्का एको घटना वि वादित बनिरहेका बेला नेपाली सेनाका प्रमुख सिग्देलले बालेनलाई सिंहदरबार पुगेर भेटेका हुन्।

भेट के विषयमा केन्द्रित थियो भन्नेबारे नेपाली सेना र प्रधानमन्त्री कार्यालय दुवैले औपचारिक रुपमा केहीपनि बताएका छैनन्। यतिबेला सांसद पाण्डेले सैनिक अधिकारीसँग गरेको व्यवहार र जबर्जस्ती सैनिक ब्यारेकको पर्खाल भत्काइएको घटनाको सर्वत्र आलोचना भइरहेको छ।
हालै मधेशमा चर्किएको धार्मिक द्धन्द्धमा पनि नेपाली सेनाले फिल्डमा उत्रिएर भूमिका निभाएको थियो।


