काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका आईजिपी दानबहादुर कार्कीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी चोरी भएको खबर सुनेको भन्दै त्यसलाई स्पष्ट पार्न उनलाई आग्रह गरेका छन।
नेपाल प्रहरीका आईजिपी दानबहादुर कार्कीकै सामुन्ने रास्वपा सांसद खगेन्द्र सुनारले सोधे : ‘आईजिपी साबको घरबाट ३ करोड रुपैयाँभन्दा बढी पैसा चो री भयो, त्यो चो रीमा संलग्न भएको भनिएका मान्छेहरुलाई पुलिसको विशेष ब्युरोले लगेर या तना दिइरहेको छ भनिएको छ, तपाईको घरमा चोरी भएको हो की होइन , बताउनु होला।

आईजिपीकै घरमा चोरी भयो भने जनताले चाहीँ के गर्ने त ? भन्दै उनले प्रश्न गरे। उनले भने : आईजिपी साब म पिडि त भएँ, मेरो चो री भयो भन्नुस्, हामी दिन्छौँ सुरक्षा।


