काठमाडौं : तिब्बतमा हिउँ चट्टान फुटेर गएको पहिरोले नेपालमा भोटेकोशी र त्रिशुली नदीमा ल्याएको हिलोसहितको बाढीले हालसम्म ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ।
अझै २ हजार ५ सय २ जना सम्पर्क विहिन रहेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

जलविधुत् आयोजनाबाट ९ सय ३३, रसुवाबाट ५ सय ६२, नुवाकोटबाट एक सय १५ जना र ५ सय ९२ जना विदेशी नागरिक सम्पर्कविहिन रहेको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार भएको छ।


