काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतदानपछि गरिएको मतगणनामा थापा सभापतिमा निर्वाचित भएका हुन्।
सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत पाएका छन्। मतगणनाका क्रममा ५४ मत बदर भएको थियो।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका थिए। तीमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए। यसअघि विशेष महाधिवेशनबाट थापा सभापतीमा निर्विरोध निर्वाचित भएका थिए।




