Author: एनआरएन

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोगार्थ २५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बापत १५ लाख गरी कुल रु.२५ लाख सहयोग गर्ने निर्णय गरिएको छ । उक्त सहयोग रकम प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त सहयोगले प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।…

Read More

काठमाडौं। बुधबार बिहान रसुवाको भोटेकोशीमा तिब्बतबाट पसेको बाढीले ठुलो क्षती पुगेको छ। भोटेकोशी र त्रिशुलीसँग तटीय क्षेत्रमा ठुलो भौतिक तथा मानवीय क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ। रसुवागढी नाका र त्रिशुली बजार बाढीले बगाएको छ। एक्कासी आएको बाटीले नदी आसपासका बस्ती, पुल र सडकहरु बगाएको छ। बाढीको प्रभाव रसुवा, नुवाकोट, चितवन, धादिङलगायत जिल्लामा परेको छ। नेपाली सेना,शसस्त्र प्रहरी, नेपाल प्रहरीलगायत उद्धारमा खटिएका छन्। नेपाली सेनाका ७ तथा निजी क्षेत्रका ८ गरी जम्मा १५ वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको छ। बुधबार साँझसम्म कम्तिमा ७२ जनाको शव भेटिएको छ। कति मानिस बेपत्ता छन्, यकिन छैन। भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो…

Read More

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार नै ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युतीय सवारीसाधन, मोटरसाइकल, स्कुटर तथा बसबारे अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको छ। प्रदर्शनीमा राखिएका नयाँ मोडलका सवारीसाधनसँगै रोबोट र नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटरले समेत दर्शकको ध्यान खिचेका छन्। विशेषगरी विद्युतीय सवारीसाधनमा उपलब्ध रेन्ज, मूल्य, पावर, चार्जिङ समय र वारेन्टीका विषयमा ग्राहकले कम्पनीका प्रतिनिधिसँग जानकारी लिएका थिए। यस वर्षको अटो शोमा कम्पनीहरूले सस्तो पारिवारिक सवारीसाधनदेखि २ करोड ३० लाख रुपैयाँसम्मका विलासी गाडी सार्वजनिक गरेका छन्। विभिन्न मूल्य वर्गका…

Read More

काठमाडौं। प्रहरीबाटै बलात्कारजस्तो गम्भिर अपराधमा आरोपितसँग भइरहेको सोधपुछको भिडियो खिचेर सार्वजनिक भएपछि यसले गम्भिर प्रश्न उठाएको छ। बारामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा पक्राउ परेका १६ वर्षीय बालकसँग स्वास्थ्यकर्मीले गरिरहेको भिडियो प्रहरीले खिचेर सार्वजनिक गरेका थिए। यसले सडकदेखि संसदसम्म कुरा उठेको छ। सत्तारुढ रास्वपाकै सांसद तथा पार्टी महामन्त्री विपिन आचार्यले यो गम्भिर विषय भएको बताए। उनले समाजलाई कता लैजान लागेको भन्दै प्रश्न समेत गरेका छन्। यो घटनामा भिडियो खिचेर बाहिर ल्याउने प्रहरी हवल्दारलाई पक्राउ गरिएको छ। सार्वजनिक भएको भिडियोमा अन्य प्रहरीले पनि भिडियो खिचिरहेको देखिन्छ। सादा पोसाकमा रहेका व्यक्तीले पनि भिडियो खिचिरहेको देखिन्छ। तर बाहिर एउटाबाहेक भिडियो आएको…

Read More

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन -बुधबार_ सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ।यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्य तर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ।सरकारले आर्थिक वर्ष २०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘मिसन १६ खर्ब’ नाम दिनुभएको छ।राजस्व चुहावट रोकेर ‘मिसन…

Read More

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ।आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पाट्र्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम धमाधम भइरहेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र…

Read More

काठमाडौं : बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो। सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ। त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका…

Read More

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङक्स कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुँने इंग्लिस प्रिमियर लिग इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बनेको छ । आज आयोजित एक कार्यक्रमबीच कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ नायब महाप्रबन्धक सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिङक्सका बिसनेस हेड सोनिया रानाले सम्झैता पत्रमा हस्ताक्षेर गरे । इपीएल लगातार दोस्रो सिजन कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुँन लागेको हो । खेलकुद गतिविधी प्रतयक्ष प्रसारणमा कान्तिपुर म्याक्सको योगदान र इपीएलको लकप्रियताका कारण यो सम्झैता गरिएको एक्स्ट्रिम इनर्जी ड्रिङक्सका बिसनेस हेड सोनिया रानाले बताइन् । युरोपको सवाधिक पलोकप्रीय फुटबल प्रतियोगिता ईपीएल विश्वकै सबैभन्दा बढी दर्शकले हेर्ने लिग समेत हो । प्रत्येक खेलमा औसत ४०…

Read More

काठमाडौं । युवापुस्ता माझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा ई–स्पोट्र्सको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्न लागेको छ । दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भाद्र ६ र ७ गते (शनिबार र आइतबार) प्रतियोगिता हुनेछ । आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रवद्र्धन गरेको छ । प्रतियोगितालाई ’एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ का रूपमा प्रस्तुत गरिएको छ । ’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत…

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। उनीसँग राष्ट्र बैंकमा काम गरेको झन्डै दुई दशकको अनुभव छ। हाल रावल राष्ट्र बैंक सुरपरीवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत थिए। नेपाल राष्ट्र बैंकका दुई जना डेपुटी गभर्नरको दरबन्दी रहेको छ।

Read More