



Author: एनआरएन
काठमाडौं। सर्वोच्च अदालतले बाल श्रमको आरोपमा पक्राउ गरिएकी एमाले प्रदेश सांसद रेखा शर्मालाई थुनामुक्त गर्न आदेश दिउको छ। आइतबार सर्वोच्चले उक्त आदेश गरेको थियो। रेखा केहि दिन अघि मध्यरात पक्राउ परेकी थिइन्। त्यसपछि उनका आफन्त रेखालाई गैरकानुनी पक्राउ र हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। शर्माविरुद्ध मु द्ध चलाउन आ वश्यक नदेखिएको सर्वोच्च अदालतले आफ्नो आदेशमा उल्लेख गरेको छ। यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदा एमाले प्रदेश सांसदले बाल श्रमिक राखेको भन्दै मुद्धा चलाउन प्रहरीलाई सिफारिस गरेका थिए। त्यतिबेला शर्माविरुद्ध मुद्धा चलाउन आनाकानी गरिएको र प क्राउ नगरिएको भन्दै बालेन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली…
काठमाडौं। बालेन सरकार आएसँगै बढ्ने अपक्षा गरिएको नेपाली सेयर बजार-नेप्सेमा हरेक दिनजसो पहिरो गइरहेको छ। साताको पहिलो दिन आइतबार मात्र १०५.५ अंकले नेप्से घटेको छ। बालेन सरकार आएयता भएका ६ कारोबार दिनमा नेप्से २ सय ७३ अंकले घटिसकेको छ। लगातार भारी गिरावट आएसँगै लगानीकर्ताहरुको तनाव बढिरहेको छ। एकथरी लगानीकर्ताहरु बजार सुधार हुने आशामा रहेर होल्ड गरिरहेका छन् भने अर्काथरी लगानीकर्ताहरु थप नोक्सान हुने डरमा विक्री गरिरहेका छन्। आइतबार झन्डै ३ करोड १२ लाख कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भयो। बालेन सरकार आएयता नेपाली सेयर लगानीकर्ताले झन्डै साढे…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती डोलप्रसाद-डिपि अर्याल सभामुख बनेका छन्। उनी निर्विरोध निर्वाचित भएका हुन्। सभामुखमा उनको मात्र उमेद्ध्वारी परेको हो। दुईपटक प्रत्यक्ष निर्वाचित सांसद अर्याल यसअघि गृह मन्त्री बन्ने चर्चा थियो। तर सुदन गुरुङले गृह मन्त्रालय दावी गरेपछि उनलाई सभामुखको अफर गरिएको थियो पार्टी नेतृत्वबाट। त्यसका लागि उनी तयार भएका थिए। सभामुखका रुपमा अब प्रतिनिधि सभा बैठक सन्चालन गर्ने जिम्मेवारी उनको हुने छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती डिपि अर्याल समामुख बन्ने पक्का भएको छ। आइतबार हुने सभामुखको निर्वाचनका लागि अर्यालको मात्र उमेद्धवारी परेपछि उनी सभामुख बन्ने पक्का भएको हो। अर्याल यसअघी बालेन सरकारमा गृहमन्त्री बन्ने चर्चा थियो। तर सुदन गुरुङले गृह मन्त्रालय दावी गरेपछि रास्वपाले अर्याललाई ब्याक गराएको थियो। संसदमा झन्डै २ तिहाई बहुमत रास्वपाको भएका कारण अन्य दलले उमेद्ध्वारी दिने आँट गर्न सकेनन् वा आवश्यक ठानेनन्। अर्याल काठमाडौंबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी अघिल्लोपटक पनि प्रत्यक्षतर्फ निर्वाचित सांसद थिए। रवि लामिछाने थुनामा रहेका बेला पार्टीको कार्यबहाक सभापतीको जिम्मेवारी अर्यालले नै पाएका थिए।
काठमाडौं। चर्चित ‘विचौलिया’ दीपक भट्ट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले भट्टलाई पक्राउ गरेको हो। सम्पत्ती शुद्धिकरणको कसुरमा अनुसन्धानका लागि भट्टलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। राजनीतिक शक्ति केन्द्रसँगको पहुँचका आधारमा ठुल्ठुला सेटिङमा भट्ट सहभागी हुने गरेको लामो समयदेखि चर्चा हुँदै आएको थियो।
काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको भाडा दोब्बर बढाएको छ। पश्चिम एसियामा जारी इरान-इजरायल द्वन्द्वले ऊर्जा क्षेत्र नराम्ररी प्रभावित भएपछि मुल्य महँगिएको हो। त्यसको असर नेपालमा पनि प्रत्यक्ष देखिएको छ। निगमले मंगलबार गरेको नयाँ मूल्य समायोजनअनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य साविक प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ, जुन अहिलेसम्मकै उच्च हो। यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौं मा हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर ९६६ अमेरिकी डलरबाट बढेर १,७८५ डलर पुगेको छ। पोखरा मा ८०१ डलरबाट बढेर १,७३२ डलर पुगेको छ भने भैरहवा मा ७८९ डलरबाट बढेर १,७१६ डलर निर्धारण गरिएको छ।
काठमाडौं। नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले उधोगी व्यवशायी मैत्री वातावरण तयार गर्ने प्रतिवद्धता जनाएका छन्। सोमबार भेट्न आइपुगेको नेपाल उधोग वाणिज्य महासंघ-एफएनसीसीआई प्रतिनिधिसँग कुरा गर्दै वाग्लेले अब उधोगीले कुनैपनि बहानामा दुख नपाउने बताए। उधोगी व्यवशायीलाई नवनियुक्त अर्थमन्त्री वाग्लेले भने, ‘ अब घु स खुवाउन, कामकाजमा लाइन लाग्न र थुनि नु पर्दैन।’ अध्यक्ष चन्द्र ढकाल नेतृत्वको एफएनसीसीआई प्रतिनिधि टोलीले अर्थमन्त्रीलाई भेटेको हो।
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले सन लाइफ इन्सुरेन्सका सीईओ राजकुमार अर्याललाई पक्राउ गरेको छ। कम्पनीका कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँडमा गडबढी देखिएपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो। यसअघि नेपाल धितोपत्र बोर्डले यस विषयमा प्रारम्भिक छानबिन गरेको थियो। त्यसपछि अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। सिआईबी झन्डै ३ वर्षयता उक्त इन्सुरेन्सको सीईओ रहेका थिए।
काठमाडौं। पूर्व उर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्। सम्पत्ती शुद्धिकरण अनुसन्धानका लागि उनी पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले खड्कालाई नियन्त्रणमा लिएको छ। जेनजी आन्दोलनका बेला उनको बुढानिलकण्ढस्थित निवासमा ठुलो मात्रामा विदेशी मुद्रा फेला परेका थिए। घर जलाउनेक्रममा आन्दोलनकारीले विदेशी मुद्रा निकालेर हावामा उडाएका थिए। त्यसकै अनुसन्धानका लागि खड्कालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
काठमाडौं। खाडी युद्ध चर्किएसँगै नेपालमा पेट्रोलियम पदार्थको मुल्य आकाशिने क्रममा रहेको छ। पछिल्लो १० दिनमा मात्र पेट्रोल प्रति लिटर ३० रुपैयाँले बढेको छ। बुधबार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर १५ रुपैयाँले बढाएको छ। अघिल्लोपटक पनि १५ रुपैयाँले बढेको थियो। अब पेट्रोल प्रति लिटर एक सय ८७ रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टीतेलको मुल्य पनि प्रति लिटर १५ रुपैयाँले बढेर क्रमश एक सय ६७ रुपैयाँ पुगेको छ।