Author: एनआरएन

काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका…

Read More

काठमाडौँ, । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयले सङ्घीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय सञ्चालकका छाता संगठन, सरकारी र गैरसरकारी संघ संस्थासँगको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको हो । त्यसैगरी अन्य सरकारी गैरसरकारी संस्थाहरुसँग पनि सहकार्य गरिनेछ । यो छात्रबृत्ति कार्यक्रमले प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेट्नेछ । करिब एक हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ ।मन्त्रालयले छात्रबृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा…

Read More

काठमाडौं। धनुषाबाट ठुलो परिमाणको ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले धनुषा पुगेर उनिहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा एक जना भारतीय र एक जना नेपाली रहेका छन्। पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एक सय ग्राम वा सोभन्दा माथीको परिमाणसहित ब्राउन सुगर भेटिएकालाई २० वर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ। पछिल्लो समय लागु औषध नियन्त्रण ब्युरोले देशब्यापी अप्रेसनलाई ब्यापक बनाइरहेको छ। कारोबारीलाई नियन्त्रणमा लिन ब्युरोले गोलीसम्म हान्नु परेको छ। नेपालमा ब्राउन सुगरसहितका लागु औषधहरु हवाई मार्ग र भारतीय सिमा क्षेत्रबाट भित्रने गरेको देखिन्छ। भारतीय र नेपालीहरु…

Read More

काठमाडौँ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा बराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा रकम रहेको छ। उक्त रकमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।त्यसैगरी, बैठकले बैंकको…

Read More

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेकामध्ये हालसम्म एक हजार ३ सय ४४ जनाको शव भेटिएको छ। नेपाल प्रहरीले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार हजार ८९८ जना सम्पर्कविहीन रहेका छन् । तथ्यांकमा अहिलेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूषको शव फेला परेको छ । प्रहरीले आंशिक अंग फेला परेका ५०१ शव रहेको पनि जनाएको छ । सरकारले तीनवटै सुरक्षा निकायलाई परिचाल गरेर शवको खोजी र उद्धार कार्य गरिरहेको छ। हाइड्रो पावरका टनेलमा फसेकाहरुको उद्धार प्रयाश कायमै रहेको छ।

Read More

काठमाडौं । नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ । बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अङ्कित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५% ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागिएको हो । जसमध्ये २४ लाख कित्ता ऋणपत्रले हुन आउने २ अर्ब ४० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिनेछ ।…

Read More

काठमाडौं : सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति र नागरिकको दैनिक जीवन प्रभावित छेत्र र समुदायको सहयोगको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा रकम जम्मा गरिएको हो । कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून भन्ने उद्देश्यले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय बाढी आएको दिनदेखि नै लागु…

Read More

काठमाडौं। भोटेकोशी र त्रिशुलीमा आएको बाढीमा परेकामध्ये हालसम्म झन्डै एक हजार जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ९ सय ८७ जनाको शव फेला परेको छ। यस्तै ३ हजार ९ सय १६ जना सम्पर्कविहिन रहेका छन्। विवरण संकलनको काम भइरहेकाले संख्या बढ्न सक्ने छ। एक साता अघि आएको बाढीमा परेकामध्ये रसुवा र नुवाकोटमा धेरै बेपत्ता रहेका छन्। रसुवामा ८ सय ३५, हाइड्रो पावरबाट ६ सय ३९, नुवाकोटमा १५ सय ३८, ५ सय ८३ जना विदेशी पर्यटकहरु सम्पर्कविहिन छन्। सबैभन्दा बढी चितवनमा ३ सय २१, पूर्व नवलपरासीमा २ सय १६, पश्चिम नवलपरासीमा १ सय…

Read More

काठमाडौं : केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद सचिव मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । यस कठिन घडीमा, केन्या गणतन्त्र सरकारले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्दै, त्यहाँका विदेश तथा डायस्पोरा मामिला मन्त्रीपरिषद् सचिव डा मुसलिया मुड्वडीमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । ‘विनाशकारी बाढीको पीडा केन्याले पनि भोगेको हुनाले, हामी नेपालका जनतासँग ऐक्यबद्धता प्रकट गर्दछौं—जसमा हामीले गुमाएकाहरू प्रति शोक व्यक्त गर्नुका साथै आफ्नो जीवन पुनःनिर्माण गरिरहेकाहरूको दृढताको सम्मान पनि गर्दछौं’ सन्देशमा उल्लेख गर्दै उनले दुःखको यस घडीमा नेपालसँग ऐक्यबद्धता रहेको बताएका छन् ।

Read More

काठमाडौं : तिब्बतमा हिउँ चट्टान फुटेर गएको पहिरोले नेपालमा भोटेकोशी र त्रिशुली नदीमा ल्याएको हिलोसहितको बाढीले हालसम्म ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ। अझै २ हजार ५ सय २ जना सम्पर्क विहिन रहेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जलविधुत् आयोजनाबाट ९ सय ३३, रसुवाबाट ५ सय ६२, नुवाकोटबाट एक सय १५ जना र ५ सय ९२ जना विदेशी नागरिक सम्पर्कविहिन रहेको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार भएको छ।

Read More