


Author: एनआरएन
काठमाडौं : मास्टर सेफ सन्तोष शाह पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शाहलाई शुक्रबार जनकपुरबाट नियन्त्रणमा लिएको हो। उनीसहित चार जनाविरुद्ध सकुन्तला अधिकारीले चेक बाउन्सको उजुरी दिएकी थिइन्। एक करोडभन्दा बढीको बिगो रहेको बुझिएको छ। गैह्रिधारामा अधिकारीसँग नै खरिद गरेर त्यहाँ पछि मिथिला थाली सन्चालन गरेका थिए। त्यही कारोबारको रकम चुक्ता नहुँदा अधिकारी प्रहरीकहाँ पुगेकी थिइन्।
काठमाडौं। घरेलु टोली अमेरिकाले विश्वकप फुटबलमा शनदार सुरुवात गरेको छ। शनिबार बिहान भएको खेलमा पाराग्वेलाई अमेरिकाले ४-१ गोलले हरायो। घरेलु टोलीका फोलारिन बालोगनले दुई गोल गरे। २४ वर्षीय स्ट्राइकर बालोगनको शानदार प्रदर्शनपछि अमेरिका पहिलो हाफमै ३-० गोलले अगाडि बढेको थियो। अग्रता भने पाराग्वेको आत्मघाती गोलबाट भएको थियो। सातौँ मिनेटमा मिडफिल्डर डामियान बोबाडिल्लाको प्रहार आफ्नै पोस्टमा छिरेका थिए। उनी यो विश्वकपमा आत्मघाती गोल गर्ने पहिलो फुटबलर बनेका छन्। बालोगनले ३१ औँ मिनेट र इन्जुरी समयमा गोल गरे। दोस्रो हाफमा पाराग्वेले एक गोल फर्काएको थियो। खेल सकिन लाग्दा अमेरिकाले चौथो गोल पनि थपेको थियो जियोभानी रेनामार्फत। बालोगन इङ्लिस क्लब आर्सनलका एकेडेमी उत्पादन…
काठमाडौं। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सिमा सुरक्षा बल-एसएसबी प्रवेश गरेको घटनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिसँग जोड्न नहुने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्। मन्त्रि परिषद् बैठकको निर्णय सुनाइरहेका पोखरेललाई सन्चार मन्त्रीले सोधेका थिए, प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय प्रहरी बलको मनोबल बढेको हो? शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले कुनै सम्बन्ध नरहेको जवाफ दिए। ‘प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय प्रहरी बलको मनोबल बढेको होइन, बर्सौंदेखि सुस्तामा यस्तो समस्या आउँदै गरेको थियो। यस्तोमा सबभन्दा धेरै धन्यवाद त्यहाँ बस्ने सुस्ताका नेपाली नागरिकलाई दिनुपर्ने हुन्छ। उहाँहरूले दशकौंदेखि त्यो भूमिलाई संरक्षण गर्दै आइरहनु भएको छ।’ सुस्ता प्रवेश गरेका एसएसबीलाई सिमामा बस्ने नेपालीले खेदेका थिए। उनले सुस्तावासी नेपाली नागरिक नै प्रशंसाका…
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई छन्। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ । मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नामबाट…
काठमाडौं। पूर्व आयुक्त वृन्दा हाडा भट्टराई ग्लोबल आईएमई बैंकको बोर्ड सदस्य नियुक्त भएकी छिन्। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहका बीच सञ्चालक समितिमा आजै स्वागत समेत गरे । नवनियुक्त सञ्चालक भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन र विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव रहेको छ ।पूर्व सचिव भट्टराईले सिँचाइ मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर काम गरेकी थिइन्। त्रिभुवन विश्वविद्यालयबाट रसायन…
काठमाडौं। यतिबेला अर्थमन्त्री डा.स्वर्णिम वाग्ले निकै विवादमा छन्। कर बढ्ने सूचना चुहाएको र आर्थिक विधेयक पेश गरेपछि गोप्य रुपमा करका दररेट तलमाथी गरेको आरोप उनीमाथी संसदमा विपक्षीहरुले लगाइरहेका छन्। अर्थमन्त्रीमाथी संसदीय छानबिन हुनुपर्ने माग उनिहरुको छ। यता अर्थमन्त्री वाग्ले आफुमाथी जबर्जस्ती आरोप लगाइएको भन्दै प्रमाण पेश गर्न चुनौती दिइरहेका छन्। दुई दिन अघि उनले संसदीय समितीमा पुगेर भने : प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ। नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण…
काठमाडौं। दक्षिण कोरियाले विश्वकप फुटबल २०२६ अन्तर्गत शुक्रबार बिहान चेक गणतन्त्रलाई २-१ गोलले हराएर विजयी सुरुवात गरेको छ। एसियाली राष्ट्र दक्षिण कोरियाको विजयी सुरुवातमा ह्वाङ इन बियोम र ओ ह्युन ग्युले गोल गरे। बियोमले ६७ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए भने उनकै पासमा ग्युले ८० औँ मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई २-१ गोलले अगाडि बढाएका थिए। त्यसअघि ५९ औँ मिनेटमा चेक गणतन्त्रले अग्रता लिएको थियो। चेक गणतन्त्रविरुद्ध निर्णायक गोल गरेका ग्यु चर्चित खेलाडी सन हिउङ मिनको स्थानमा मैदान छिरेका थिए दोस्रो हाफमा। ६९ औँ मिनेटमा उनले सनको स्थान लिएका थिए। २५ वर्षीय यी स्ट्राइकरको यो सातौँ अन्तर्राष्ट्रिय गोल हो।…
काठमाडौं। बिहीबार राती भएको २३ औँ संस्करणको विश्वकपको उदघाटनमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दा ब्राजिलियन रेफ्री विल्टर साम्पाइयोले तीनवटा रेड कार्ड देखाएर चर्चामा आएका छन्। ४४ वर्षीय साम्पाइयो सन् २०१३ यता फिफा रेफ्री रहेका छन्। कतार विश्वकप मात्र होइन, ८ वर्षअघि भएको रुस विश्वकपमा पनि प्रतियोगिताभर जम्मा ४ वटा रेड कार्ड देखाइएको थियो। विश्वकपमा एकै खेलमा तीनवटा रेड कार्ड देखाइएको सन् २००६ यता पहिलोपटक हो। त्यतिबेला पोर्चुगल र नेदरल्यान्ड्सबीच भएको खेलमा रेफ्रीले ४ वटा रेड कार्ड देखाएका थिए। त्यस प्रतियोगिताभर कुल २८ वटा रेड कार्ड देखाइएको थियो जुन एकै विश्वकपको कीर्तिमान हो।
काठमाडौं। Li Ning ले नेपालको राष्ट्रिय बास्केटबल टिमका लागि थप ४ वर्ष प्रायोजन सम्झौता गरेको छ। नेपालको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्राली र नेपाल बास्केटबल संघबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भयो। कम्पनीका तर्फबाट सीईओ राजन महर्जन र संघका तर्फबाट अध्यक्ष भीमसिंह गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौताबापत Li Ning ले यू-१८ र त्योभन्दा माथीका महिला/पुरुष राष्ट्रिय टोलीका लागि जर्सीलगायत सामग्रीहरु उपलब्ध गराउने छ। चार वर्षअघि देखि Li Ning ले नेपाल बास्केटबल टिमसँग सहकार्य गर्दै आएको छ।
काठमाडौं। घरेलु टोली मेक्सिकोले २३ औँ विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। बिहीबार राती भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलले हरायो। घरेलु टोलिका जुलियान क्विनोनेस र राउल जिमिनेजले गोल गरे। नवौँ मिनेटमा अग्रता लिएको मेक्सिकोले मध्यान्तरको सुरुवातमै थप बलि यो हुने अवस्था बन्यो जब ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका खेलाडीले सोझै रातो कार्ड पाए। ६७ औँ मिनेटमा जिमिनेजले गोल थपेका थिए। दक्षिण अफ्रिकाले ८४ औँ मिनेटमा अर्को रातो कार्ड पाएको थियो भने मेक्सिकोका खेलाडीले पनि इन्जुरी समयमा रातो कार्ड पाए।
