काठमाडौं। सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई चितवन पुर्याइएको छ।

चितवनमा दर्ता भएको जाहेरीमाथी अनुसन्धानका लागि रविलाई चितवन लगिएको छ। रवि कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्। उनलाई कास्की प्रहरीको अनुरोधमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रास्वपा पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो।
त्यसपछि कास्की प्रहरी पुर्याइएका रविलाई अनुसन्धानका लागि रुपन्देही र काठमाडौं पनि ल्याइएको थियो।



