काठमाडौं। देशकै सबैभन्दा कम उमेरका न्यायधिशको इजलासमा पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको मुद्धाको थुनछेक सुनुवाई हुने भएको छ।

कास्की जिल्ला अदालतमा ३४ वर्षीय न्यायधिश नितिज राईको इजलासमा सुर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्धाको थुनछेक सुनुवाई हुने भएको हो।
सम्पत्ती शुद्धिकरण, संगठित अपराध र सहकारी ठगी सम्बन्धी कसुरमा लामिछानेसहितका व्यक्तीको बयान र थुनछेक बहस नितिज राईको इजलासमा हुने छ। लामिछाने कात्तिक २ गतेयता प्रहरी हिरासतमा छन्। राई गत असारमा मात्र जिल्ला न्यायधिशमा उत्तिर्ण भएका थिए।
कानुनमा स्नातकोत्तर (एलएलएम) उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै न्यायसेवाको अधिकृत भएका उनी आठ वर्षको सेवा अवधिमै न्यायाधीशमा उत्तीर्ण भएका हुन् ।

