काठमाडौं। पछिल्लो समय काठमाडौं उपत्यकामै अनलाइन जुवा संगठितरुपमा खेलाउने गरेको पाइएको छ। कल सेन्टरको आवरणमा गिरोहले विशेष गरी भारतीयलाई लक्ष्यित गरि अनलाइन जुवा खेलाउने गरेको देखिन्छ।
एक साताअघि केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले ललितपुरको सातदोबाटोबाट २ भारतीयसहित ५३ जनालाई पक्राउ गरेको थियो। केही महिनाअघि सीआईबीले नै ललितपुरबाट चिनियाँ र भियतनामीसहित चार दर्जनबढीलाई नियन्त्रणमा लिएको थियो। नेपाललाई किन सहज ठानिरहेका छन् गिरोह ?

हामीलाई सीआईबी प्रवक्ता होबिन्द्र बोगटीसँग कुराकानी गरेका छौँ।
Author
-
View all postsलामो समय सुरक्षा र खेलकुद पत्रकारिता गरेका प्रसाईं हाल नेपाल राइट नाउ डटकममा सम्पादक छन् ।


