काठमाडौं : अमेरिकामा रहेका चिनियाँ विधार्थी यतिबेला तनावमा छन्। त्यस्तै समाचार आइरहेका छन्।कतिबेला अमेरिकाले भिसा रद्ध गर्ला र फर्किनु पर्ला भन्ने चिन्ता उनिहरुलाई छ।
धेरैले चीनसँग बढ्दो ट्रेड वारबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा रहेका चिनियाँ विधार्थीलाई ढाल बनाउन खोजेको टिप्पणी गरिरहेका छन्।

अघिल्लो वर्षको तथ्यांकलाई हेर्न हो भने अमेरिकामा रहेका विदेशी विधार्थिमध्ये २५ प्रतिशत चिनियाँ छन्। अर्थात हरेक चार जना विदेशी विधार्थीमा एक जना चिनियाँ रहेका छन्। अमेरिकामा पढ्ने विदेशी विधार्थीमध्ये नम्बरको हिसाबले सँधै पहिलो रहने गरेको चीन गत वर्ष मात्र पछाडि परेको थियो।
अन्तर्राष्ट्रिय सन्चार माध्यममा आएका तथ्यांकका आधारमा भने गत वर्ष अमेरिकामा करिब २ लाख ७७ हजार चिनियाँ विधार्थी थिए। भारतीय विधार्थीको संख्या ह्वात्तै बढेर ३ लाख २० हजार पुगेको थियो।
ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति निर्वाचित भएर कार्यभर सम्हालेपछि केहि महिनायता अमेरिका र चीनबीच सम्बन्ध थप चिसिएको छ। खासगरी चीनियाँ उत्पादनको आयातमा ट्रम्पले भारी कर लगाएपछि यी दुई देशबीच ट्रेड वार सुरु भएको थियो। अमेरिकाका हरेक निर्णयमा चीनले जवाफ फर्काउने गरिरहेको छ।
तर पढ्न आएका विधार्थिमाथी अमेरिकाले गरिरहेको व्यवहारले यतिबेला चीन त चिडिने नै भयो। आपत्ती जनाउने नै भयो। विश्वका कुनैपनि देश खुसी छैनन्। दुई दिनअघि अमेरिकाले अमेरिका अध्ययन गर्न चाहने विदेशी विधार्थीको नयाँ अन्तर्वार्ता सेड्युल नगर्न विश्वभरका सबै दुतावासलाई पत्राचार गरेको थियो।
अर्को सूचना नभएसम्म अब नयाँ अन्तर्वार्ताको सेड्युलिङ हुने छैन। यसको मतलब अमेरिका गएर पढ्न चाहने विश्वभर रहेका लाखौँ विधार्थी अन्योलमा परेका छन्। अमेरिका कुरेर बस्ने की अन्तै जाने, उनिहरुमा दोधार छ।
भिषाका लागि आवेदन दिने विदेशी विधार्थीहरुको सामाजिक सञ्जाल गतिविधिहरूको गहिरो जाँच गर्ने अमेरिकाले नयाँ नीति ल्याएको छ।
यस अन्तर्गत, आवेदकहरूको सामाजिक सञ्जालमा भएका पोस्टहरू, विशेष गरी राजनीतिक वा संवेदनशील विषयमा दिएका अभिव्यक्तीहरुको गहिरो जाँच गरेर भिषा स्विकृत र अस्विकृत गर्ने निर्णय गरिनेछ। अमेरिकाको यो निर्णयविरुद्ध चीनले बोलिसकेको छ। अन्तर्राष्ट्रिय विधार्थी र राम्रो कलेजमा पढ्ने अधिकारलाई ध्यान दिन उसले अमेरिकालाई भनेको छ।
त्यसको १२ घण्टा नवित्दै बिहीबार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले त्यहाँ रहेका केही चिनियाँ विधार्थिको भिषा रद्ध गर्न लागिएको बताएका थिए। कति चिनियाँ विधार्थीको रद्ध हुँदै छ भनेर स्पष्ट पारिएको छैन।
क्रिटिकल फिल्डमा अध्ययन गरिरहेका र चिनियाँ कम्युनिस्ट पार्टीसँग कनेक्सन भएका चिनियाँ विधार्थिको भिषा रद्ध गर्न लागिएको बताइएको छ। अमेरिका पढ्ने विदेशि विधार्थीमा संख्याको हिसाबले भारत पहिलो, चीन दोस्रो, दक्षिण कोरिया तेस्रो र क्यानडा चौथो नम्बरमा छन्।
अमेरिकाले क्याच एन्ड रिभोक नीतिमार्फत एआई प्रविधिबाट अमेरिकामा रहेका विदेशी नागरिक र विदेशी विधार्थीको निगरानी गरिररहेको हुन्छ। उनिहरु के गर्दैछन् सामाजिक सन्जालमा अमेरिकाले सिस्टमबाट थाहा पाउँछ।
अमेरिका जान चाहने हरेकले आफ्नो सामाजिक सन्जालको जानकारी अन्तर्वार्ता अघि भरिने फर्ममा उल्लेख गर्नुपर्छ। त्यसबाट अमेरिका जानु अगावै अमेरिकी प्रशासनलाई उनिहरुका सोसल मिडिया एक्टिभिटिजबारे थाहा हुन्छ। अ
ट्रम्प राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएपछि अमेरिका आफ्नो देशमा रहेका आप्रवासीमाथी निर्मम बनिरहेको छ। खासगरी गैह्र कानुनी रुपमा प्रवेश गरेका र गैह्र कानुनी रुपमाबसिरहेका माथि प्रशासनले साङ्लाले बाँधेर आफ्नो देश फर्काएको थियो।
लिगल्ली बसिरहेका आप्रवासीलाई पनि अमेरिका बेचेन बनाउँदै भन्दै छ- अमेरिकालाई लाग्यो र चाह्यो भने जतिबेला पनि भिषा रद्ध गर्न सक्छ। भिषा भएर बसिरहेका आप्रवासी पनि यतिबेला अमेरिकामा ढुक्क छैनन्।
क्याच एन्ड रिभोक नितीको आशय हो – भिषा प्रिभिलेज हो अधिकार होइन। खासगरी अमेरिकामा सबैभन्दा बढी जोखिम विदेशी विधार्थीहरु छन् जो अमेरिकी कानुनले तोकेभन्दा बढि काम गरेर त्यहाँ बस्नुपर्ने अवस्थाका छन्। उनिहरु त्यसरी काम गर्दा पक्राउ परिन्छ की भन्ने त्रासमा रहेको अनुमान गर्न सकिन्छ।
अमेरिकामा सोसल मिडियामा हुने क्रियाकपाको मनिटरिङ गर्न सिस्टम नै बनाइएको छ जसबाट अमेरिकाले आफुविरुद्ध र आफुले अख्तियार गरेका नीतिविरुद्ध सामाजिक सन्जालमा बोल्ने मान्छेहरुको पहिचान गर्न सक्छ
खासगरी अमेरिकी नीतिविरुद्ध बोल्ने, लेख्ने र गतिविधि गर्नेविरुद्ध ट्रम्प प्रशासन निर्मम बनिरहेको छ।
केहि समय अघि कोलम्बिया युनिभर्सिटीमा अध्ययनरत एक विधार्थीले प्यालेस्टाइनको पक्षमा बोलेपछि अमेरिकाले उनको भिषा रद्ध गरेको थियो। जस्तो की अमेरिका रुसविरुद्ध आक्रामक छ र अमेरिका रहेका कुनै विदेशीले रुसको पक्षमा सामाजिक सन्जालमा लेखे भने उनिहरु ट्रम्प प्रशासनको निशानामा पर्ने भए।
अमेरिकालाई विदेशी आतङ्कवादी, अपराधी र सार्वजनिक सुरक्षालाई थ्रेट हुन सक्ने अवस्थाबाट जोगाउन भन्दै अमेरिकीले त्यहाँ रहेका विदेशीमाथी यो नीति लिइरहेको छ।
हालसालै मात्र अमेरिका बेस सोसल मिडियालाई नियन्त्रण गर्न खोज्ने विदेशी अधिकारीहरुलाई भिषा प्रतिबन्ध र भिषा रद्धसम्मको निर्णय गरिने ट्रम्प प्रशासनले चेतावनी दिएको थियो।
खासगरी फेसबुक, ट्वीटरजस्ता सामाजिक सन्जालमार्फत हुने अभियव्यक्तीलाई अमेरिकी नीति विपरित नियन्त्रण गर्न खोज्नेहरुमाथी अमेरिका निर्मम बन्ने चेतावनी दिइरहेको छ।



