काठमाडौं। नेपालले आर्थिक वर्ष २०८१/८२ मा २० खर्बभन्दामाथीको वैदेशिक ब्यापार गरेको छ।
गत आर्थि वर्षमा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक ब्यापार भएको छ। यसअघि एकपटक मात्र नेपालले २० खर्बभन्दा माथीको वैदेशिक व्यापार गरकेो छ।

आव २०७८/७९ मा वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो। गत आर्थिक वर्ष नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको आयात र २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ।
आयात १३.२५ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धी भएको छ।


