रामकृष्ण पोखरेल

नेपाल स्वदेशी, विदेशी, अनुसंधान र घुमन्तेहरु का लागि एउटा साहसिक, धार्मिक र रमणीय पर्यटकीय देश हो । एशियाली दुई ठुल्ल ठुला देश भारत र चीनको सिमानासंग जोडिएको पहाडी मुलकबाट विश्व मान चित्रण गरिएको छ ।
विश्वको पर्यटकीय भ्रमण देशमा नेपाल ८१ आौ स्थानमा आउँछ । पर्यटकहरु विभिन्न देशको भ्रमण गर्दा निश्चित उद्येश र धेयका लागि जाने गर्दछन । विश्व पर्टकिय मानचित्रमा फ्रान्स पहिलो स्थानमा आउदा स्पेन दोश्रोमा आउदै गर्दा एशियाली देशमा थाईल्यान्ड र चीनले मात्र माथिल्लो तहको १० वटा देशहरूमा स्थान ओगट्न सफल रहेको छन । अमेरिक, जर्मनी, टर्की मेक्सिको जस्ता देशहरु विश्व ब्यापि पर्यटकिय स्थान ओगट्तै गर्दा नेपाल ८१ आौ स्थानमा रहन गएको छ । नेपाल साहसिक पर्यटन, रमणीय पर्यटन, धार्मिक पर्टयनका लागी आकर्षण हुदै गर्दा हिमाल र जैविक विविधताका लागि पनि पहिचान बनाउन सक्ने गन्तव्य पनि नेपाल हो ।
नेपालको साहसिक गन्तव्यमा सगरमाथा, अन्नपूर्ण , धौलागिरी जस्ता हिम श्रंखला कैयन पर्यटकका लागि गन्तव्य हुन्छ भने नेपालका मुख्य मुख्य धार्मिक गन्तव्य लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, सिताको जन्म स्थल जनकपुर र भारतको राम जन्म भुमि अयोध्या समेतको धार्मिक, रमणीय र साहसिक पर्यटकका लागि निश्चित समय र अवधिको परिपथ (circuit) वनाउन जरुरी देखिन्छ ।
नेपाल हालैको ८१ आौ स्थानको पर्टयटकिय आकर्षण देशबाट माथि उकाल्न केही निश्चित प्रयासहरु जरुरी छ । नेपालमा सन २०२४ मा ११ लाख ४७ हजार विदेशी पर्यटक भित्रीएका थिए । पर्यटन र पर्यटिकय ब्यवसायबाट सालाना झन्डै नेपाली रुपैयाँ ७४ अरबको आम्दानी हुने अनुमान छ ।
पर्टयटन ब्यवसायले प्रत्यक्ष ४,५२००० मानिसलाई रोजगारी दिदै ६:७ प्रतिशत कुल ग्राहस्त उत्पादनमा ( जीडीपी) मा योगदान समेत पुर्याउने गरेको देखिन्छ ।
नेपाललाई सबै प्रकारका पर्यटकहरु भित्र्याउने प्रयास गर्दै गर्दा नेपाल भारतको सिमानामा पर्ने सुनौली – पोखरा – मुक्तिनाथ – काठमाडौ ( पशुपतिनाथ) – जनकपुर र भारतको अयोध्या समेतलाई जोडने परिपथको योजना अगाडि सार्नु पर्ने समय आएको छ । नेपालमा भित्रीने पर्यटकहरुमा छिमेकी भारतीय पर्यटकहरुको संख्या माथि रहेको छ । सुनौली हुदै पोखरा स्थल मार्गबट पुग्न १८४ किलोमिटरको यात्रा करिब छ घंटामा पूरा गरि पोखराको रमणीय स्थलहरुको आनन्द लिदै १७४ किलोमिटरको पर्यटकिय धार्मिक स्थल मुक्तिनाथ पाँच घंटा ३० मिनेटमा पार गर्दै गर्दा रमणीय प्रकृतिक मनोरम दृश्यहरुको आनन्द लिने छन । मुक्तिनाथको भ्रमण गरि धार्मिक पर्यटकहरु काठमाडौमा पशुपतिनाथको दर्शन गरि मनोरथ पूरा हुने आशाका साथ पर्यटकहरु नेपालको पौराणिक कथा रामायणमा ब्याख्या गरिएको मिथिला नगरी जनकपुरमा पुग्ने छन । जनकपुरबाट भारतको अयोध्या जनकपुरबाट रेल-मार्ग भएर अयोध्या पुगी पर्यटकले परिपथको बिट मार्ने छन ।
नेपालको दोस्रो परिपथको पनि कल्पना गरिएको छ । यो परिपथ बौद्ध धर्मावलम्बीको लागि अगाडि सार्न प्रयास हो । विश्वमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको परिक्रमा गर्न पर्यटकलाई उत्प्रेरण समेत गर्ने छ । बुद्धको जन्म स्थललाई बुद्धले ज्ञान प्राप्त गरेको भारतको बौद्धगया र भारतकै कुशिनगर बुद्धले मोक्ष प्राप्त गरेको समेतलाई बुद्ध परिपथमामा जोड्न न सके बौद्ध धर्मावलम्बीको सपना अधुरै रहनेछ । मुक्तिनाथ – जनकपुर नगरी परिपथ कुल ११९० किलोमिटरको यात्रा जम्मा जम्मी २३ घंटामा पूरा हुनेछ । जनकपुरबाट अयोध्या जनकपुर अयोध्या रेल-मार्ग बाट जोडिने छ । अझ पोखरालाई भारतको राजधानीमा दिल्ली हवाई मार्गबाट जोडन सके छोटो समयका लागि आउने पर्यटकहरुलाई सुगम हुने विश्वास गरिएको छ । नेपालको सडकमार्गको ब्यवस्थित पुर्वाधार, सुरक्षा र मनोरञ्जनका लागि अन्य सुबिधाहरु विकास र विस्तार गर्न सरकारका निकायहरुको ध्यान जान जरुरी छ ।
नेपाल बुद्धको जन्मस्थल हो भन्ने पहिचान बनाउन सफल भएको छ । बौद्ध धर्मावलम्बीका बिच नेपालको लुम्बिनी जीवनमा एकपटक भ्रमण गर्नु पर्ने कुरा प्रति संबेदनसिल रहेको देखिन्छ । नेपालले लाह्सा- लुम्बिनी – थिम्पु ( भुटान ) – म्यानमार- थाइल्यान्ड को परिपथ बनाउन पहल गर्नु पर्ने देखिन्छ ।
लाह्सा बाट काठमाडौ सम्मको ८२९ किलोमिटरको सडकमार्ग तय गर्दै काठमाडौ बाट २८७ किलोमिटरको सडकको बाटो छिछोल्दै बुद्धको जन्मस्थल लुम्बिनी पुग्नेछन् । काठमाडौ का बौद्धबिहार गुम्बाहरुको अबलोकन गर्दै बुद्धको जन्म स्थलबाट भारतको बौधगया र कुशीनगर पर्यटक पुग्ने छन । लुम्बिनी भारतको बौद्धगया र भारतकै पुर्वी राज्यहरुको सडक मार्गबाट भुटानको राजधानी थिंम्पु ९८७ किलोमिटरको यात्रा पर्यटकले तय गर्नुपर्नेछ । भुटानका बौद्धबिहारको भ्रमण गर्नेछन् । यसरी नै पर्यटकहरु म्यानमार सम्मको १,४८७ किलोमिटरको सडक पेटी परिपथको यात्रा तय गर्ने छन । म्यानमारमा पर्यटकले त्यस देशमा रहेका बौद्धबिहार, गुम्बाहरुको परिक्रमा समप्न गरि धर्मावलम्बीहरुको काफिला थाईल्यान्डको राजधानी बैककमा गई बिट मार्ने छन् । लाह्सा – बौद्धगया – कुशीनगर – लुम्बिनी – थिम्पु- म्यानमार- ब्यांकक सम्मको परिपथ पुरा गरि आ आफ्नो आस्थाको केन्द्रहरुको अबलोकनबाट आनन्दीत हुनेछन् । वैश्विक पर्टयटकहरुलाई भारतको बौद्धगयामा अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट बनाई बौद्धगया मार्गबाट नेपालको लुम्बिनी जोड्ने गरि सडक मार्ग बनाउन सके स्थानीय जनता र ब्यवसायी समेतले फाइदा लिन सक्ने बिश्वास गरिएको छ ।
नेपालकै मधेस प्रदेशको वारा जिल्ला स्थिति ईतिहासिक स्थल सिम्रौनगढबाट मधेस धार्मिक परिपथकोको ब्यवस्था गरिएको छ । यो आन्तरिक परिपथ वारा जिल्लाको सिम्रौनगढ – गढिमाई – महोत्तरीको माईथान – जलेश्वर – जनकपुर जनकी जन्म स्थल- धनुषाकै धनुषाधाम – सिरहा जिल्लाको सलहेश फुलवारी – सप्तरीको सखडा भगवती – सप्तरीकै कंकालीमाई लाई जोड्ने परिपथको परिकल्पना गरिएको छ । यो परिपथले मधेस प्रदेशको धार्मिक एवं ऐतिहासिक पहिचान बनाउन सहयोग हुने आशा गरिएको छ ।
नेपालकै सुदुर पश्चिमाञ्चल क्षेत्रका लागि धार्मिक पर्टकिय क्षेत्रको परिकल्पना गरिएको छ । सुदुर पश्चिमी क्षेत्रमा अवस्थित पाँच दिदीबहिनीको शक्तिपिठहरु – बांके जिल्लाको जयबागेश्वरी – डडेल्धुराको उग्रतारा- बैतडीको त्रिपुरासुन्दरी – डोटीको शैलेश्वरी – वाजुराको बडिमालिकामा रहेका धर्मस्थलहरु लाई समेत जोडने धार्मिक एवं ऐतिहासिक परिपथ को परिकल्पना गरिएको छ ।
नेपाल, भारत र चीनको धार्मिक, साहसिक र एतिहासिक स्थलहरुलाई जोडने परिपथ र नेपालकै मधेस प्रदेशको र सुदुर पश्चिमाञ्चलको धार्मिक र एतिहासिक परिपथ अगाडि सारिएको छ ।नेपाल भारत र चीनको लाह्सा समेत जोडने अन्तर्राष्ट्रिय परिपथको परिकल्पना गरिएको छ भने यो पंक्तिकारले मधेस प्रदेश र सुदुर पश्चिमाञ्चलका धार्मिक एवं एतिहासिक स्थलहरु जोडने मधेसको झन्डै ४०० किलोमिटर र सुदुर पश्चिमाञ्चलको करिब ३५० किलोमिटरको परिपथ पनि अगाडि सार्ने प्रयास गरिको छ ।
नेपाल वैश्विक सहसिक पर्यटक, रमणीय स्थलगत पर्यटक, धार्मिक र घुम्नते सोधकर्ताहरुका लागि आकर्षक देश हुने जन विश्वास रहेको छ । माथि भने जस्तो पर्यटकीय स्थलहरुलाई अगाडि बढाउन सके नेपाल वैश्विक पर्यटकिय भ्रमणको ८१ आौ स्थानबाट माथि उक्लिन सक्ने विश्वास गरिएको छ । सरकारका सरोकारवाला निकायहरु र जिम्मेवार राजनीतिक नेत्रीत्यबाट तत्परताको अपेक्षा आम नेपालीले गर्नु अनुचित पक्कै हुनेछैन ।
(पोखरेल नागरिक लगानी कोषका पूर्व कार्यकारी निर्देशक हुन् ।


