काठमाडौं। पूर्व सांसद एलपी साँवा लिम्बु आसन्न एमाले महाधिवेशनका लागि सर्वाधिक मतसहित प्रतिनिधि चयन भएका छन्।
झापा क्षेत्र नम्बर ४ बाट उनी आसन्न ११ औँ महाधिवेशनका लागि छनोट भएका हुन्। लिम्बुले एक हजार ८ सय ६ मत प्राप्त गरे। यो क्षेत्रबाट उनी गत प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

खुलातर्फ चार जनाको कोटाबाट मेगाहाङ थोप्रा, रविन्द्र लम्साल र हिमबहादुर कार्की पनि प्रतिनिधि चयन भएका छन्।
महिलाबाट कृष्णमाया भुजेल र गोमा रिजाल तथा युवाबाट रोशन सुवेदीले महाधिवेशनमा भाग लिने भएका छन्। एमालेको ११ औँ महाधिवेशन आगामी मंसिर २७-२९ हुँदै छ।
महाधिवेशनमा देशभरबाट करिब २ सय २ सय प्रतिनिधिहरु रहनेछन्। आगामी महाधिवेशन नयाँ नेतृत्वका लागि चुनाव हुने भएकाले अहिले बढी चर्चामा छ।



