काठमाडौं। गगन थापा नेपाली कांग्रेसको आधिकारिक सभापती बनेका छन्।
निर्वाचन आयोगले थापा नेतृत्वको समितीलाई आधिकारिक कांग्रेसको मान्यता दिने निर्णय गरेको छ। विशेष महाधिवेशनले थापालाई सभापतीमा निर्विरोध निर्वाचित गरेको थियो।

उक्त महाधिवेशन र त्यसले चयन गरेको नेतृत्वलाई विधान विपरित भन्दै आएका संस्थापन पक्षका कांग्रेस नेताहरु अदालत जाने तयारीमा छन्। उनिहरुले आइतबार सर्वोच्च अदालतमा आयोगको निर्णयविरुद्ध रिट दायर गर्ने तयारी गरिरहेका छन्।
यता थापा नेतृत्वको समितीले सबै पक्षलाई कांग्रेसमा सामेल हुन आह्वान गरेको छ।



