काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री बन्ने बाटो खोलेका छन्।
झापा-५ बाट उमेद्ध्वारी दिएका बालेनले तीनपटकका प्रधानमन्त्री केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतान्तरले हराउँदै संसद पुगेका छन्।

बालेनले ६८ हजार ३ सय ४८ मत ल्याए भने ओलीले १८ हजार ७ सय ३४ मत प्राप्त गरे। बालेनले यो जित हात पारेसँगे उनका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई प्रधानमन्त्री बनाउने घोषणा गरेर मत मागेको थियो।
यो निर्वाचनमा रास्वपाले सजिलै बहुमत प्राप्त गर्ने देखिएको छ।

