काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फ दुई तिहाईभन्दा बढी सिट जितेको छ। एक सय २५ सिटमध्ये रास्वपा एक्लैले एक सय २५ सिट जितेको छ जुन ७५ प्रतिशतभन्दा बढी सिट हुन आउँछ।
प्रतिनिधि सभाका २ सय ७५ सिटमध्ये एक सय १० सदस्य समानुपातिकतर्फबाट चुनिने व्यवस्था छ। समानुपातिकतर्फ पनि रास्वपाले गणना भएको एक करोड २ लाख मतमध्ये एक्लैले झन्डै ५० लाख मत प्राप्त गरिसकेको छ।

रास्वपालाई एकल सरकार बनाउन कम्तिमा एक सय ३८ सिट चाहिन्छ जुन रास्वपाले सजिलै प्राप्त गर्न देखिएको छ। दुई तिहाईका लागि एक सय ८४ सिट आवश्यक हुन्छ जुन पुरा हुन्छ की हुँदैन यकिन छैन।
प्रत्यक्षतर्फ रास्वपाले ४० सिटमा क्लिन स्वीप गरेको छ जसमा काठमाडौंका तीनवटै जिल्लासहित झापा, मोरङ, चितवनलगायत छन्।


