काठमाडौं। बालेनले १५ सदस्यीय मन्त्रिमन्डल गठन गरेको छ। त्यसमा ५ जना महिला छन्। १६ सदस्यीय बनाएपनि उधोग मन्त्रालयको जिम्मेवारी पाएका अमरेशकुमार सिंहले अस्विकार गरेपछि उक्त मन्त्रालयलाई बालेनले आफुसँगै राखेका छन्।
बालेनसँग प्रधानमन्धीसहित रक्षा मन्त्रालय र उधोग मन्त्रालय रहेको छ। यस्तै गृहमन्त्रीमा सुदन गुरुङ, अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल छन्। भौतिक पूर्वाधार तथा यातायात, शहरी विकाश मन्त्रालय सुनिल लम्सालले पाएका छन्।

उर्जा, जलस्रोत तथा सिचाई विराजभक्त श्रेष्ठलाई, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खडकराज पौडेललाई, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेललाई दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय निशा मेहताले पाएका छन्। सन्चार तथा सूचना प्रविधि विक्रम तिमल्सिनालाई, संघीय मामिला तथा सामान्य प्रशासन, भूमी व्यवस्था , सहकारी तथा गरिबि निवारण मन्त्रालय प्रतिभा रावललाई, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सोविता गौतमलाई दिइएको छ।
कृषि तथा पशुपंक्षी विकाश, बन तथा वातावरण मन्त्रालय गिता चौधरीले पाएकी छिन् भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दीपककुमार शाहलाई दिइएको छ। महिला, बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्री सिता वादी बनेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रीहरुले शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएर जिम्मेवारी सम्हालेका छन्।

संविधानमा २५ सदस्यीयसम्म मन्त्रि मण्डल बनाउन सकिने कानुनी व्यवस्था रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा १८ सदस्यीयसम्म बनाइने उल्लेख गरेको थियो।
बालेन सरकारको पहिलो बैठकका निर्णय
नयाँ बनेको सरकारको पहिलो बैठकले चारवटा निर्णय गरेको छ। जेनजी आन्दोलनबारे छानबिन गर्न गठिन गौरीबहादुर कार्कीको प्रतिवेदनलाई कार्यान्वयन गर्ने महत्वपूर्ण निर्णय गरेको छ।
त्यसका लागि सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय भएणको छ।
बैठकले नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने निर्णय पनि गरेको छ।

