काठमाडौं। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलि र गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। बालेन प्रधानमन्त्री भएको २४ घण्टा पनि वित्न नपाउँदै ओली र लेखक पक्राउ परेका हुन्।
भदौ २३/२४ को जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले ओली र लेखकलाई ज्यान सम्बन्धी मुद्धामा कारबाही गर्न सिफारिस गरेको थियो।

त्यही प्रतिवेदनलाई शुक्रबार बालेन सरकारको पहिलो बैठकले तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। गृहमन्त्री सुदन गुरुङले शुक्रबार रातभर सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका थिए। बिहान प्रहरीको टोलीले जरुरी पक्राउ पुर्जी दिएर लेखकलाई भक्तपुरको कटुन्जे र ओलीलाई गुन्डुबाट उनिहरु बसिरहेकै निवासबाट नियन्त्रणमा लिएको थियो।
आयोगले दुवैलाई १० वर्षसम्म कैद सजाय माग गर्न सिफारिस गरेको छ।


