काठमाडौं। चौथो नम्बरका मनोज शर्मा सर्वोच्च अदालतको प्रधान न्यायधिशमा सिफारिस भएका छन्। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधान न्यायधिश बनाउन सिफारिस गरेको हो।
यसअघि वरिष्ठतम् न्यायधिशलाई प्रधान न्यायधिश बनाउँदै आएको इतिहास थियो। परिषद्को यो निर्णयपछि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँल हेरेको हेर्यै भएका छन्। यदी वरिष्ठताक्रमलाई आधार मानिन्थ्यो भने उनिहरु तीनै जना प्रधान न्यायधिश बन्ने लाइनमा थिए।

सपना २०७३ सालमा सर्वोच्चको न्यायधिश नियुक्त भएकी हुन्। रेग्मी, फुयाँल र शर्मा झन्डै ३ वर्षपछि मात्र सर्वोच्च अदालतको न्यायधिश बनेका थिए। बालेन सरकारले आफुले चाहेका व्यक्तीलाई प्रधान न्यायधिश बनाउनकै लागि अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक तथा निर्णय सम्बन्धी व्यवस्था संसोधन गरेको थियो।
शर्मा संसदीय सुनुवाईबाट पास भए उनले प्रधान न्यायधिशको पुरै ६ वर्षे कार्यकाल चलाउनेछन्।प्रधान न्यायधिशको उमेर हद ६५ वर्ष हो जबकी शर्मा अहिले ५६ वर्ष मात्र पुगेका छन्। संसदीय सुनुवाई समितिबाट शर्मा सजिलै पास हुने स्थिती छ।

