काठमाडौं। संसदमा झन्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा भइरहेको छ।
पार्टी स्थापना भएयता रास्वपाले पहिलोपटक महाधिवेशन गरिरहेको हो। चितवनमा भइरहेको महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ। तर सभापतीमा रवि लामिछानेलाई चुनौती दिने कोही छैनन्, कसैले घोषणा गरेको छैन। पार्टी स्थापनादेखि रवि रास्वपा सभापती रहेका छन्।

महाधिवेशनमा भोली उमेद्ध्वारी दर्ता र पर्सी मतदानको कार्यसूची रहेको छ। रवि लामिछाने पार्टी स्थापनाकालदेखि रास्वपा सभापती रहेका छन्। यसबीचमा उनी थु नामा रहेका बेला डिप अर्यालले कार्यबहाक सभापतीको जिम्मेवारी सम्हालेका थिए।
रास्वपामा सभापति, वरिष्ठ नेता, १ महिलासहित ३ उपसभापति २ महामन्त्री, एक महिलासहित ५ सहमहामन्त्री , १ कोषाध्यक्ष , २ सहकोषाध्यक्ष, १ प्रवक्ता र ३ सहप्रवक्ता जना रहनेगरी पदाधिकारी चयन हुने छ। त्यस्तै, रास्वपाको केन्द्रीय समिति १५८ जनाको हुनेछ । जसमा सभापतिले ५१ मनोनीत गर्नेछन् भने ९९ जना निर्वाचित हुनेछन् ।
७ प्रदेशका सभापति स्वत: पदेन केन्द्रीय सदस्य हुन्छन्।


