काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशनले रवि लामिछानेलाई निर्विरोध सभापतीमा निर्वाचित गरेको छ। सभापतीका लागि रविको मात्र उमेद्ध्वारी परेपछि उनी निर्विरोध भएका हुन्।
प्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ नेता बालेन्द्र शाह बालेनको प्रस्तावमा रविको उमेद्ध्वारी परेको थियो। उनी दोस्रो कार्यकालका लागि सभापती निर्वाचित भएका हुन्। केन्द्रीय सदस्यका लागि आज मतदान हुँदै छ।





