काठमाडौं। सुनसरीमा हिन्दु-मुस्लीम समूहबीचको झगडापछि उत्पन्न तनावले विकराल रुप लिँदै गएको छ।
मधेशका जिल्लाहरुमा आगो जसरी तनाव बढिरहेको छ। बुधबार सिराहाको गोलबजारमा भएको झडपका क्रममा गोली लागेर १५वर्षे युवकको ज्यान गएको छ। प्रहरीको गोली लागेर १५ वर्षे गणेश यादबको ज्यान गएको प्रदर्शनकारीको दावी छ।

यसअघि आइतबार राती सुनसरीको कप्तानगन्जमा गोली लागेका अर्का युवकको पनि मृत्यु भएको छ। त्यस घटनामा हालसम्म २ जनाको ज्यान गएको छ। घटनाको चार दिनपछि गृहमन्त्री सुदन गुरुङ सोमबार साँझ सुनसरी पुगेका छन्।

