



Author: एनआरएन
काठमाडौं । आचार्य श्रीनिवासले आफूलाई ‘विवादित’ व्यक्तिका रूपमा चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन्। अदालतबाट सफाइ पाइसकेको विषयलाई लिएर आफूलाई निरन्तर अपमानित गर्ने काम भइरहेको उनको गुनासो छ। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै आचार्य श्रीनिवासले आफूलाई विवादित भन्नुको आधार स्पष्ट पार्न चुनौती दिए। उनले सांसदहरूलाई आफ्नो हैसियत नबिर्सन चेतावनी दिँदै राजनीतिमा रहेकाहरूलाई सुध्रिन आग्रहसमेत गरे। ‘राजनीति गर्नेले भाग्न पाउने अवस्था रहने छैन, सुध्रनुस्,’ उनले भने। जेनजी शहिद स्मृती कार्यक्रममा उनलाई अतिथी बनाएर राखिएपछि चर्को आलोचना भएको थियो। आचार्य श्रीनिवासले आफू धर्मका नाममा रकम उठाउने नभई सहयोग गर्ने गुरु भएको दाबी गरे। आफूले कसैलाई ठगेको वा गलत काम गरेको प्रमाण भए…
काठमाडौं : भोटेकोशीको बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, तत्काल तथा दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुनःस्थापना तथा सुदृढीकरणका लागि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत स्वास्थ्य आवश्यकता तथा पुनःस्थापना मूल्याङ्कन गर्ने भएको छ।मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघसँगको सहकार्यमा गर्न लागेको मूल्याङ्कनले बाढी प्रभावित समुदाय, विशेषगरी जोखिममा रहेका तथा संवेदनशील समुदायको स्वास्थ्य आवश्यकताको विस्तृत अध्ययन गर्नेछ। मूल्याङ्कनका क्रममा प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता, स्वास्थ्य संस्थामा पुगेको क्षति, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति अवस्था, रोग निगरानी प्रणाली र आपतकालीन पूर्वतयारीको अवस्थाबारे अध्ययन तथा समीक्षा गरिनेछ। त्यस्तै, बाढीका कारण स्वास्थ्य सेवा प्रवाहमा परेको असर, प्रभावित स्वास्थ्य संस्थाको अवस्था…
काठमाडौं : नेपालले एसिसि प्रिमियर कप २०२६ को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा नेपालले यूएईलाई ४४ रनले हरायो। पहिला ब्याटिङ गरेको नेपालले ३ सय १४ रनको लक्ष्य दिएको थियो। नेपालका लागि आसिफ शेखले एक सय २ रन बनाएका थिए। गुल्सन झाले ५२. अर्जुन कुमालले ४३ र रोहित पौडेलले ४० रन बनाए। नेपालले पहिलो विकेटका लागि ९७ रन साझेदारी गरेको थियो। यूएईले ४९.१ओभरमा सबै विकेट गुमाएर २ सय ६९ रन जोड्यो। आकाश चोप्राले एक सय रन बनाएपनि टिमको हार टार्न सकेनन्। नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो, यसअघि सन् २०२३ मा घरेलु मैदानमा आयोजित संस्करण जितेको थियो। एसिसि प्रिमियर…
काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका…
काठमाडौँ, । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयले सङ्घीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय सञ्चालकका छाता संगठन, सरकारी र गैरसरकारी संघ संस्थासँगको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको हो । त्यसैगरी अन्य सरकारी गैरसरकारी संस्थाहरुसँग पनि सहकार्य गरिनेछ । यो छात्रबृत्ति कार्यक्रमले प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेट्नेछ । करिब एक हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ ।मन्त्रालयले छात्रबृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा…
काठमाडौं। धनुषाबाट ठुलो परिमाणको ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले धनुषा पुगेर उनिहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा एक जना भारतीय र एक जना नेपाली रहेका छन्। पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एक सय ग्राम वा सोभन्दा माथीको परिमाणसहित ब्राउन सुगर भेटिएकालाई २० वर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ। पछिल्लो समय लागु औषध नियन्त्रण ब्युरोले देशब्यापी अप्रेसनलाई ब्यापक बनाइरहेको छ। कारोबारीलाई नियन्त्रणमा लिन ब्युरोले गोलीसम्म हान्नु परेको छ। नेपालमा ब्राउन सुगरसहितका लागु औषधहरु हवाई मार्ग र भारतीय सिमा क्षेत्रबाट भित्रने गरेको देखिन्छ। भारतीय र नेपालीहरु…
काठमाडौँ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा बराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा रकम रहेको छ। उक्त रकमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।त्यसैगरी, बैठकले बैंकको…
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेकामध्ये हालसम्म एक हजार ३ सय ४४ जनाको शव भेटिएको छ। नेपाल प्रहरीले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार हजार ८९८ जना सम्पर्कविहीन रहेका छन् । तथ्यांकमा अहिलेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूषको शव फेला परेको छ । प्रहरीले आंशिक अंग फेला परेका ५०१ शव रहेको पनि जनाएको छ । सरकारले तीनवटै सुरक्षा निकायलाई परिचाल गरेर शवको खोजी र उद्धार कार्य गरिरहेको छ। हाइड्रो पावरका टनेलमा फसेकाहरुको उद्धार प्रयाश कायमै रहेको छ।
ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल बैंकले नियुक्त गर्यो ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई
काठमाडौं । नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ । बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अङ्कित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५% ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागिएको हो । जसमध्ये २४ लाख कित्ता ऋणपत्रले हुन आउने २ अर्ब ४० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिनेछ ।…
काठमाडौं : सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति र नागरिकको दैनिक जीवन प्रभावित छेत्र र समुदायको सहयोगको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा रकम जम्मा गरिएको हो । कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून भन्ने उद्देश्यले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय बाढी आएको दिनदेखि नै लागु…