Author: एनआरएन

काठमाडौं : नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ र नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्नेछ। नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने भएको छ। यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी…

Read More

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाण्डेले साउन २९ गते देखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार सम्हालेका छन्। बैंकिङ क्षेत्रमा करिब २५ वर्ष भन्दा बढिको अनुभव भएका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी लगायतका बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका छन्। बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणी साथै अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ विथ अनर्समा बि टेक गरेका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेसंग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय…

Read More

काठमाडौं : नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आज समापन भएको हो । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन आज ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए । नाइमाले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । समापन कार्यक्रममा…

Read More

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो राजिनामा माग्नेलाई तह लगाउने चेतावनी दिएका छन्। शनिबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै केही आवाराहरु क्यान्टिनमा बसेर आफुलाई हटाउन लागेको अभिव्यक्ती ओलीले दिएका थिए। उनले भनेका थिए , ‘ अहिले अलिकति अनुशासनहीनता देखापरेको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही हल्ला राखेका छन् । अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँड्या छ। पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जेपायो त्यही लेख्ने कुरा हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको…

Read More

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्। सिप्रदी यात्रीद्वारा काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताए। ‘तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ अर्थमन्त्री डा. वाग्लेले भने ‘गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस्। सरकार तपाईंहरूको साथमा छ।’ नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि सुझाव दिए। ‘एप्पलको डिजाइन…

Read More

काठमाडौं ; काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको तेस्रो दिन भारी वर्षा भए पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता पुगेका हुन् । तीन दिनमै ७७ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । मेलाको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका हुन् । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखेका छन् । नयाँ-नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरुले अवलोकनकर्तालाई आफ्नो स्टलमा आकर्षित गरिरहेका छन् । विकल्प…

Read More

काठमाडौं। बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर बाहिरिँदा शेरबहादुर देउवालाई स्वागत गर्न केही सयको संख्यामा कांग्रेस नेता कार्यकर्ता पुगेका थिए। झन्डै ५ महिनापछि नेपाल फर्किएका देउवालाई स्वागत गर्न पुराना प्राय सबै कांग्रेस नेताहरु पुगे। खुमबहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, मोहेन बस्नेतलगायत नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए। देउवालाई रोड सो गराइयो। केही बेरमा देउवाले जंगिदै भने : ज्ञानेन्द्रले त सकेनन् अरु कसैले सक्छ ? नेताहरुले देउवालाई संस्थापन इतर पक्षले चुनिखेलमा खोलेको पार्टी कार्यालय पुर्‍याएका थिए जहाँ उनलाई पार्टी सभापती नेम प्लेट लेखिएको कोठाभित्र छिराएको थियो। त्यति मात्र होइन देउवा बसेको टेबलमा सभापती शेरबहादुर देउवा भएको नेम प्लेट पनि…

Read More

काठमाडौं। सन् २०१० को विश्वकपमा जाभीसहितको स्पेन फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलोपटक विश्व च्याम्पियन बनेको थियो। नेदरल्यान्ड्स भने तेस्रोपटक पटक विश्वकपको फाइनल पुगेर उपविजेतामै सिमित भयो। विश्वकपमा हरेकपटक उपाधि दावेदार भएर हालसम्म विश्व विजेता बन्न नसकेको नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षक बनेर बार्सिलोनाका लिजेन्ड मिडफिल्डर जाभी हर्नान्डेज पुगेका छन्। उनी सन् २०३० सम्म डच टोलीको प्रशिक्षक रहनेछन्। यसबीचमा नेदरल्यान्ड्सले आफ्नो अ भागी छवी फेर्ने विश्वास उनिहरुका समर्थकको छ। जाभी अन्तिमपटक बार्सिलोनाको प्रशिक्षक थिए, २०२४ सम्म। त्यसयता उनी प्रशिक्षकको जिम्मेवारीमा थिएनन्। यहाँ उल्लेखनीय के छ भने जाभी नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षक हुने ४८ वर्षयताकै पहिलो विदेशी हुन्। यसअघि सन् १९७८ मा अन्तिमपटक नेदरल्यान्ड्समा विदेशी प्रशिक्षक…

Read More

काठमाडौं। कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।श्रीमती खुमा पौडेलका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधन पश्चात परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ ।कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । परिवार सुरक्षा बचत खाता अन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित…

Read More

काठमाडौं। रास्वपा सभापती रवि लामिछानेले आजको भोली नै परिणाम खोज्दा विकल्प सोच्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बोल्नेक्रममा धेरै युवाहरुलाई पार्टीले सदनमा पुर्‍याएको उल्लेख गर्दै रास्वपा सभापती रवि लामिछानेले भने : आज छोटो समयमा नै रिजल्ट खोज्ने जुन परिपाटी बनेको छ, त्यो परिपाटी कायम रह्यो र तत्कालै आजको भोली नै परिणाम खोज्ने बानी पार्‍यौँ भने भोली विकल्प खोज्नुबाहेक हामीसँग विकल्प रहँदैन। विकल्प खोज्नु विकल्प हैन, निर्विकल्प बन्नु चाहीँ विकल्प हो। उनले विकल्प खोज्नुपर्ने अवस्थाबारे पनि उल्लेख गरे। उनले भने : हो, विकल्प खोज्नुपर्छ जब सहि बाटोमा हिड्न छोड्दछ को ही र आम मान्छेको कुरा सुन्न छोड्दछ…

Read More