



Author: एनआरएन
पछिल्लो समय प्रतिनिधि सभाको दृश्य सत्ता पक्षका लागि त्यति सुहाँदो बनिरहेको छैन, आफ्नै सांसदबाट सरकारले आलोचना खेपिरहेको छ। सत्तारुढ रास्वपाबाटै सभामुख बनेका डिपि अर्याल सत्ता पक्षकै सांसदसँग झो क्किरहनु पर्नेदेखि रास्वपा सांसदहरु सरकारको डेलिभरीलाई लिएर प्रश्न गर्न थालेका छन्। सांसद आशिका तामाङ प्रश्न गर्न नपाएको भन्दै मंगलबारको बैठकबाट उठेर हिँडिन्। त्यसअघि सभामुखले उनलाई मर्यादामा रहेर प्रस्तुत हुन निर्देशन दिएका थिए र यस्तो निर्देशन पहिलोपटक थिएन। विदेशमा अलपत्र तथा ज्यान गुमाएका नागरिकको उद्धारमा सरकार उदा सिन भएको भन्दै उनले प्रश्न गरिरहेकी थिइन्। ग्याँस अभावका विषयमा पनि उनले सरकारमाथी प्रश्न गरेकी थिइन्। यसअघि रास्वपा सांसद पारषमणी गेलालले सरकार प्रचारबाजीमा रमाएको संकेत गर्दै…
काठमाडौं। सरकारले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ। उक्त बजेट सञ्चालनका लागि परराष्ट्र मन्त्रालयले तयार गरेको कार्यविधि अर्थ मन्त्रालयको स्वीकृतिको प्रतीक्षामा रहेको छ । धादिङको धुनिवेशी नगरपालिका–जुगाडी स्थायी ठेगाना भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा सांसद आशिका तामाङले संसदमा उठाउनुभएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार यस्तो जानकारी दिए। मन्त्री खनालका अनुसार सरकार गठन भएपछि विदेशमा अलपत्र नेपाली नागरिकको उद्धारका लागि छुट्टै स्रोतको आवश्यकता महसुस गरी अर्थ मन्त्रालयसँग बजेट व्यवस्थापनका लागि अनुरोध गरिएको थियो। सोहीअनुसार चालु आर्थिक वर्षमा…
काठमाडौं : कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग एपमा IRD Incentive Program (आईआरडी प्रोत्साहन कार्यक्रम) सुविधा उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।यस सुविधा मार्फत कुमारी बैंकका ग्राहकहरूले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआर (Merchant QR) मार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् । ग्राहकहरूले Kumari Smart बचत…
काठमाडौं : नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ र नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्नेछ। नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने भएको छ। यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी…
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाण्डेले साउन २९ गते देखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार सम्हालेका छन्। बैंकिङ क्षेत्रमा करिब २५ वर्ष भन्दा बढिको अनुभव भएका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी लगायतका बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका छन्। बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणी साथै अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ विथ अनर्समा बि टेक गरेका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेसंग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय…
काठमाडौं : नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आज समापन भएको हो । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन आज ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए । नाइमाले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । समापन कार्यक्रममा…
काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो राजिनामा माग्नेलाई तह लगाउने चेतावनी दिएका छन्। शनिबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै केही आवाराहरु क्यान्टिनमा बसेर आफुलाई हटाउन लागेको अभिव्यक्ती ओलीले दिएका थिए। उनले भनेका थिए , ‘ अहिले अलिकति अनुशासनहीनता देखापरेको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही हल्ला राखेका छन् । अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँड्या छ। पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जेपायो त्यही लेख्ने कुरा हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको…
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्। सिप्रदी यात्रीद्वारा काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताए। ‘तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ अर्थमन्त्री डा. वाग्लेले भने ‘गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस्। सरकार तपाईंहरूको साथमा छ।’ नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि सुझाव दिए। ‘एप्पलको डिजाइन…
काठमाडौं ; काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको तेस्रो दिन भारी वर्षा भए पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता पुगेका हुन् । तीन दिनमै ७७ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । मेलाको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका हुन् । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखेका छन् । नयाँ-नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरुले अवलोकनकर्तालाई आफ्नो स्टलमा आकर्षित गरिरहेका छन् । विकल्प…
काठमाडौं। बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर बाहिरिँदा शेरबहादुर देउवालाई स्वागत गर्न केही सयको संख्यामा कांग्रेस नेता कार्यकर्ता पुगेका थिए। झन्डै ५ महिनापछि नेपाल फर्किएका देउवालाई स्वागत गर्न पुराना प्राय सबै कांग्रेस नेताहरु पुगे। खुमबहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, मोहेन बस्नेतलगायत नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए। देउवालाई रोड सो गराइयो। केही बेरमा देउवाले जंगिदै भने : ज्ञानेन्द्रले त सकेनन् अरु कसैले सक्छ ? नेताहरुले देउवालाई संस्थापन इतर पक्षले चुनिखेलमा खोलेको पार्टी कार्यालय पुर्याएका थिए जहाँ उनलाई पार्टी सभापती नेम प्लेट लेखिएको कोठाभित्र छिराएको थियो। त्यति मात्र होइन देउवा बसेको टेबलमा सभापती शेरबहादुर देउवा भएको नेम प्लेट पनि…