


Author: एनआरएन
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा रोशन थापा (जाम्बिया) , बुद्धि सुबेदी (अमेरिका), चिन्ता मणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोक प्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोज कुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रबिनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके)…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले चैत दोस्रो साताभित्र सरकार गठन हुने बताएको छ। रास्वपाका मनिष झाले आइतबार पार्टी कार्यालयबाहिर सन्चारकर्मीसँग बोल्दै सरकार गठनका लागि अझै १० दिन लाग्ने बताएका छन्। निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छैन। अब केहि दिनभित्रै आयोगले उक्त परिणाम सार्वजनिक गरेर प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने छ जसमा २ सय ७५ जना सांसद को को छन्, कुन कुन पार्टीका छन् लगायत उल्लेख हुने छ। त्यसपछि रास्वपाले सरकार गठनका लागि दावी गर्न सक्छ। सरकार गठनका लागि पहिलो विकल्पका रुपमा एकल बहुमत प्राप्त दलले सरकार गठन गर्ने भन्ने छ। रास्वपाले एक सय ८२ सिट जितेकाले उसले सजिलै सरकार गठन गर्न…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फ दुई तिहाईभन्दा बढी सिट जितेको छ। एक सय २५ सिटमध्ये रास्वपा एक्लैले एक सय २५ सिट जितेको छ जुन ७५ प्रतिशतभन्दा बढी सिट हुन आउँछ। प्रतिनिधि सभाका २ सय ७५ सिटमध्ये एक सय १० सदस्य समानुपातिकतर्फबाट चुनिने व्यवस्था छ। समानुपातिकतर्फ पनि रास्वपाले गणना भएको एक करोड २ लाख मतमध्ये एक्लैले झन्डै ५० लाख मत प्राप्त गरिसकेको छ। रास्वपालाई एकल सरकार बनाउन कम्तिमा एक सय ३८ सिट चाहिन्छ जुन रास्वपाले सजिलै प्राप्त गर्न देखिएको छ। दुई तिहाईका लागि एक सय ८४ सिट आवश्यक हुन्छ जुन पुरा हुन्छ की हुँदैन यकिन…
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसहित पुराना पार्टीका अधिकांश चर्चित अनुहारहरु पराजित भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका त अध्यक्ष (सभापति) नै पराजित भए। नेपाली कांग्रेसका सभापती गगन थापासहित प्रदिप पौडेल, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत, सुनिल शर्मालगायत धेरै चर्चित अनुहारहरु पराजित भए। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित विष्णु पौडेल, शंकर पोखरेल, महेश बस्नेत, शेरधन राई, देवराज घिमिरे, पृथ्वी सुब्बा गुरुङ, सुर्य थापा, पार्वत गुरुङ, रघुविर महासेठलगायत अधिकांश नाम चलेका नेताहरु पराजित भए। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कमल थापालगायत पराजित भए। पुराना चर्चित र शीर्ष नेतामा नेपाल कम्युनिस्ट पार्टीका…
काठमाडौं। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाए। कार्यक्रममा मन्त्रीहरू, मुख्यसचिव, आयोगका पदाधिकारीलगायतको पनि उपस्थिति थियो। कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए। भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उनले बताए। उनले भने, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ। न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले…
काठमाडौँ : केन्द्रीय सुरक्षा समितीले भोली हुने निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भएको जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहिबार हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ। गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो । बैठकले संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने, कानून विपरितका गतिविधि भएरगरेको पाईएका कानून बमोजिम तुरुन्त…
काठमाडौं। असिम मान सिंह बस्न्यात नेपाली युवामाझ सबैभन्दा बढी परिचित नाममध्ये पर्छ। नेपालमै बसेर गर्विलो पहिचान र व्यावशायीक सफलता प्राप्त गर्न सकिन्छ मात्र होइन नयाँ ‘आईडिया’लाई स्थापित गर्न सकिन्छ भन्ने उनले सुरु गरेको राइड सेयरिङ एप ‘पठाओ’ले युवा व्यवशायीलाई प्रेरणा दिएको छ। पठाओका कारण आज लाखौँ नेपाली युवा स्वरोजगार बनेका छन्। त्यसबाट लाखौँ लाभान्वित छन्। असिमले नेपालमा सफलतापूर्वक कार्यान्वयन गरेको यही नविनतम सोचका कारण आज उनी लाखौँ युवा र परिवारका लागि ‘आईडल’ बनेका छन्। पठाओले उनिहरुको चुलोदेखि सपनासम्म धान्दिरहेको छ। ‘४० वर्ष पुगेपछि म व्यवशायबाट रिटायरमेन्ट लिन्छु भन्ने थियो तर कोरोनाका कारण केही ढिला हुन पुग्यो’, हालैकै एक बसाईमा उनी…
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आव्हान गरेका छन्। गृहमन्त्री अर्यालको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका थिए। उनले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकोले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे। यस्तै, बैठकमा तीन वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाइँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी गराए। …
काठमाडौं। आसन्न निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले घोषणा पत्र सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसको घोषणा पत्र पढ्न : नेकपा एमालेको घोषणा पत्र पढ्न : रास्वपाको घोषणा पत्र पढ्न :
काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ महिनाको सर्वोत्कृष्ट प्रहरीका रुपमा हवल्दार कृतीबहादुर खड्कालाई पुरस्कृत गरेको छ। महिनाभर गरेको कामको मुल्यांकनका आधारमा खड्कालाई उक्त पुरस्कार दिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरी कार्यालयहरुले हरेक महिना मातहतका सर्वोत्कृष्ट कर्मचारीालई पुरस्कृत गर्दै आएका छन्।