Author: एनआरएन

काठमाडौं। नेपाल प्रहरीको नयाँ प्रमुख दीपक थापा बनेका छन्। मन्त्रि परिषद्को सोमबार बसेको बैठकले थापालाई आईजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। थापाले मंगलबार कार्यभार सम्हाल्नेछन्। बसन्तबहादुर कुँवरले अवकाश पाउनु अघिल्लो दिन सरकारले नयाँ आईजिपीबारे टुंगो लगाएको हो। कुँवर ३० वर्षे सेवा अवधिका कारण सोमबार रातीबाट अवकाशमा गएका छन्। नयाँ आईजीपिका लागि तीन जना एआईजी दावेदार थिए। सरकारले सुदिप गिरी र टेकबहादुर तामाङभन्दा वरिष्ठताक्रममा अगाडी रहेका थापालाई आईजिपी बनाउने निर्णय गरेको हो। थापाले २०५२ सालमा प्रहरी सेवा थालेका हुन्। उनी कम्तिमा ६ महिना नेपाल प्रहरीको आईजिपी रहनेछन्। 

Read More

काठमाडौं। राजावादीले गरेको प्रदर्शन र पूर्व राजा ज्ञानेन्द्र शाहका क्रियाकलापका कारण पछिल्लो समय संसद तात्तिएको छ। संसदमा राजसंस्था पक्षधर र गणतन्त्रवादी पक्षधरहरु विवादमा उत्रिएका छन्। प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मले पूर्व राजाविरुद्ध भाषण गरिररहेका छन्। हामीले यी समग्र विषयमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पुत्री तथा नेपाल समाजवादी पार्टी-नयाँ शक्तीकी उपाध्यक्ष मानुषी यमी भट्टराईसँग कुराकानी गरेका छौँ।

Read More

काठमाडौं। पेट्रोलियन पदार्थको मुल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रति लिटर ४ रुपैयाँ घटेको छ। नयाँ दरअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय ६३ तथा डिजेल र मट्टिटेल एक सय ५१ रुपैयाँ पर्ने छ। नयाँ दर शनिबार रातीदेखि नै लागु भएको छ।

Read More

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय एकपछि अर्को विवाद थपिरहेका छन्। केही दिनयता राजागन्जमाथी भएको सेन्सरलाई लिएर चलचित्रकर्मीले आपत्ती जनाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको कुरा राखिएकोमा आपत्ती जनाइएको दावी निर्माण पक्षको छ। त्यसअघि लाज शरणम, एक्टर टेक वानलगायत फिल्मसँग जोडिएर पनि विवाद निस्किएका थिए। हामीले यी समग्र विषयमा चलचित्र निर्देशक तथा समिक्षक दीपेन्द्र लामासँग कुराकानी गरेका छौँ।

Read More

काठमाडौं। नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवशायी महासंघका अनुसार शुक्रबार सुन प्रति तोला एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा प्रति तोला ४ हजार रुपैयाँले बढेको हो। यसअघि सुनको मुल्य एक लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो। गत कात्तिक १५ गते सुन प्रति तोला एक लाख ७१ हजार रुपैयाँ मुल्यमा कारोबार भएको थियो। भन्सार दर सरकारले आधा घटाई दिएपछि गत मंसिर १० गते एक दिन सुनको भाउ प्रति तोला करिब १६ हजार रुपैयाँले घटेर एक लाख ५१ हजार ३ सय रुपैयाँमा झरेको थियो। त्यसको अघिल्लो दिन प्रति तोला एक…

Read More

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ। महानगरले आइतबार साँझ जरिवाना तिर्न राप्रपालाई पत्र काटेको थियो। भोलिपल्टै राप्रपाले जरिवाना बुझाएको हो। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर जम्मा भएका राजावादीहरुले चक्रपथ सडक खन्डका विभिन्न भागमा फोहोर गर्नुका साथै भौतिक क्षती पुर्‍याएको भन्दै महानगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको थियो। राप्रपाको नेतृत्वमा राजावादीहरु ज्ञानेन्द्रको स्वागतमा पुगेका थिए। हजारौँ समर्थकहरुले ज्ञानेन्द्रलाई एयरपोर्टमा स्वागत गर्दै निर्मल निवासतर्फ जयजयकार गर्दै छाडेका थिए। यसअघि नेकपा एमालेलाई महानगरले गरेको जरिवाना भने अझै भुक्तान भएको छैन। एमालेले जरिवाना तिर्न इन्कार गर्दै आएको छ।

Read More

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाह जनतासग भोट मागिरहेका हुनेछन्। ज्ञानेन्द्रले जनताको विश्वास जित्न प्रयाशहरु गर्नेछन्। उनीबारे जनताले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्नेछन् र प्रतिनिधि सभामा पठाउने की नपठाउने भन्ने निर्णय गर्नेछन्। यो मैले गरेको कल्पना होइन। राजनीतिक दलहरु अहिले यस्तै कामना गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला भाषणहरु खोजेर सुन्नुस्त ? ओली ज्ञानेन्द्रलाई खुलेहाम चुनौती दिइरहेका छन्, ‘ लोकप्रिय छु भन्ने लाग्छ भने चुनाव लड्नुस।’ यो ओलीको मात्र चाहना होइन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा पनि यही भन्दैछन्। बहुदलीय प्रजातन्त्रमा विश्वास राख्ने अधिकांशको एउटै स्वर छ, ‘ ज्ञानेन्द्रले देश चलाउने र जनताको सेव…

Read More

काठमाडौं। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर राजावादीहरुको जनसागर उर्लियो। पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न हजारौँ राजसस्था पक्षधरहर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थि ए। राजावादीहरुले ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म पुर्‍याएका थिए। राजसंस्थाको वकालत गर्दै आएको राप्रपासहितको नेतृत्वमा पूर्व राजाको स्वागत गरिएको हो। नेपालमा गणतन्त्र आएयता राजावादीले काठमाडौंमा यस किसिमको प्रदर्शन गरेको पहिलोपटक हो। गत फागुन ६ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा ज्ञानेन्द्रले आफुलाई साथ दिन आह्वान गरेपछि राजावादीहरु अगाडि बढेका हुन्।

Read More

काठमाडौं। पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई आइतबार काठमाडौंमा स्वागत गर्न राजसंस्था पक्षधरहरुले व्यापक तयारी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपा नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर ठुलो संख्यामा समर्थकहरु उतार्ने तयारी भइरहेको छ। त्रिभुवन विमानस्थलबाहिरदेखि निर्मल निवाससम्म सडकमा राजसंस्था पक्षधरहरुलाई उभिएर पूर्व राजा ज्ञानेन्द्रको स्वागत गर्न भनिएको छ। गत प्रजातन्त्र दिवशको पूर्व सन्ध्यामा ज्ञानेन्द्रले आफुलाई साथ दिन अपिल गरेका थिए।। त्यसयता राजसंस्था पक्षधरहरुले प्रदर्शनहरु गरिरहेका छन्। ०६२/६३ को जनआन्दोलनले नेपालबाट राजसंस्था फ्याँकेको थियो।

Read More

काठमाडौं। अमेरिकाले बुधबार ९ जना नेपालीलाई डिपोर्ट गरेको छ। एक महिलासहित ८ जनालाई चार्टर्ड विमानमार्फत नेपाल पठाइएको छ। यस्तै एक जनालाई भने कमर्सियल फ्लाइटमार्फत नेपाल पठाइएको अध्यागमन विभाग स्रोतले जनाएको छ। अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासन आएयता त्यहाँबाट ३५ जना नेपालीलाई डिपोर्ट गरिएको छ। कागजात नभएका, विभिन्न अपराधमा संलग्नहरुलाई ट्रम्प प्रशासनले आफ्नो देश फिर्ता गरिरहेको छ।

Read More