



Author: एनआरएन
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइतको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरे। समझदारी अनुसार, तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका…
काठमाडौं। नेपाली कांग्रेसका सभापती गगन थापाले निर्वाचनमा पार्टीको कमजोर नतिजापछि नैतिक ताका आधारमा राजि नामा दिएपनि अस्विकृत भयो। पार्टीले उनको नेतृत्व अझै पनि आवश्यक रहेको सन्देश दियो। तर गगनले सबै प्रकृया मिलाएर फेरी पनि सभापतीमा कायम रहेको र राजिनामा देखाउनका लागि मात्र दिएको भनेर उनको आलो चकहरु टिप्पणी गरिरहेका छन्। केही समय अघि गगनसहितको समूहले संस्थापनविरुद्ध वि द्रोह गरेर विशेष महाधिवेशन गरेको थियो जसले सर्वसम्मत उनलाई सभापती चुनियो। पुरानै नेतृत्वमा जाँदा निर्वाचनमा कमजोर नतिजा आउन सक्ने भएकाले सभापती फेरिनुपर्ने तर्क उनले अघि सारेका थिए। तर चुनाव गगनले सोचेजस्तो रहेन। उनी स्वंय पराजित भए। त्यसपछि उनीमाथी राजिनामाको दबा ब देखियो। तर…
काठमाडौं। नेपालको वैदेशिक व्यापार घाटा झन्डै ११ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सुरुको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षमा उक्त वृद्धी आएको हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहोरेका छ । १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा रहेको विभागको तथ्यांक छ। गत फागुन मसान्तसम्म अर्थात यो आर्थिक वर्षको सुरुको ८ महिना नेपालले १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख वैदेशिक ब्यापार गरेको छ। त्यसमध्ये १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको…
काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्वले पूर्णता पाएको छ। नव निर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले केन्द्रीय कार्य समितीलाई पूर्णता दिएका छन्। पुस २५ गते सम्पन्न निर्वाचनले उप्रेतीलाई अध्यक्ष बनाएको थियो। २९ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन भएको छ। केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी चुनिएका छन्। संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई तथा उपाध्यक्षहरुमा विक्रम सिंहानिया र अभिक ज्योति रहेका छन्। महासचिव मिलनबाबु मल्ल चुनिए। सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंंकज अग्रवाल र सहकोषाध्यक्षमा निलमणी पाठकले जिम्मेवारी पाएका छन्। संस्थागत सदस्यहरु मध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चुनिएका छन्। साधारण सदस्यहरु मध्येबाट…
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतीलाई बुझाएसँगै सरकार गठनको तयारी सतहमा आएको छ। बिहीबार दिँउसो आयोगले राष्ट्रपति कार्यालय पुगेर प्रतिवदेन राष्ट्रपतिलाई बुझाएको थियो। झन्डै दुई तिहाई बहुमत पाएको रास्वपाका शीर्ष ४ नेताहरु साँझ छलफलमा जुटेका थिए। त्यसको तस्विर उपसभापती स्वर्णिम वाग्लेले बाहिर ल्याएका थिए। शुक्रबार संसद सचिवालयले एक सूचना जारी गर्दै चैत १२ गते दिउँसो २ बजे सपथ कार्यक्रम रहेको भन्दै निर्वाचित सदस्यलाई सहभागी हुन जानकारी गराएको छ। सपथ खाएसँगै सरकार गठनको प्रकृया अगाडि बढ्ने छ। राष्ट्रपतीले रास्वपाका संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। रास्वपाले यसअघि नै वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री बनाउने…
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा रोशन थापा (जाम्बिया) , बुद्धि सुबेदी (अमेरिका), चिन्ता मणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोक प्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोज कुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रबिनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके)…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले चैत दोस्रो साताभित्र सरकार गठन हुने बताएको छ। रास्वपाका मनिष झाले आइतबार पार्टी कार्यालयबाहिर सन्चारकर्मीसँग बोल्दै सरकार गठनका लागि अझै १० दिन लाग्ने बताएका छन्। निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छैन। अब केहि दिनभित्रै आयोगले उक्त परिणाम सार्वजनिक गरेर प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने छ जसमा २ सय ७५ जना सांसद को को छन्, कुन कुन पार्टीका छन् लगायत उल्लेख हुने छ। त्यसपछि रास्वपाले सरकार गठनका लागि दावी गर्न सक्छ। सरकार गठनका लागि पहिलो विकल्पका रुपमा एकल बहुमत प्राप्त दलले सरकार गठन गर्ने भन्ने छ। रास्वपाले एक सय ८२ सिट जितेकाले उसले सजिलै सरकार गठन गर्न…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फ दुई तिहाईभन्दा बढी सिट जितेको छ। एक सय २५ सिटमध्ये रास्वपा एक्लैले एक सय २५ सिट जितेको छ जुन ७५ प्रतिशतभन्दा बढी सिट हुन आउँछ। प्रतिनिधि सभाका २ सय ७५ सिटमध्ये एक सय १० सदस्य समानुपातिकतर्फबाट चुनिने व्यवस्था छ। समानुपातिकतर्फ पनि रास्वपाले गणना भएको एक करोड २ लाख मतमध्ये एक्लैले झन्डै ५० लाख मत प्राप्त गरिसकेको छ। रास्वपालाई एकल सरकार बनाउन कम्तिमा एक सय ३८ सिट चाहिन्छ जुन रास्वपाले सजिलै प्राप्त गर्न देखिएको छ। दुई तिहाईका लागि एक सय ८४ सिट आवश्यक हुन्छ जुन पुरा हुन्छ की हुँदैन यकिन…
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसहित पुराना पार्टीका अधिकांश चर्चित अनुहारहरु पराजित भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका त अध्यक्ष (सभापति) नै पराजित भए। नेपाली कांग्रेसका सभापती गगन थापासहित प्रदिप पौडेल, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत, सुनिल शर्मालगायत धेरै चर्चित अनुहारहरु पराजित भए। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित विष्णु पौडेल, शंकर पोखरेल, महेश बस्नेत, शेरधन राई, देवराज घिमिरे, पृथ्वी सुब्बा गुरुङ, सुर्य थापा, पार्वत गुरुङ, रघुविर महासेठलगायत अधिकांश नाम चलेका नेताहरु पराजित भए। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कमल थापालगायत पराजित भए। पुराना चर्चित र शीर्ष नेतामा नेपाल कम्युनिस्ट पार्टीका…
काठमाडौं। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाए। कार्यक्रममा मन्त्रीहरू, मुख्यसचिव, आयोगका पदाधिकारीलगायतको पनि उपस्थिति थियो। कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए। भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उनले बताए। उनले भने, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ। न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले…