



Author: एनआरएन
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योगमन्त्री गौरी यादवले गृहमन्त्रालयको सहयोग लिन लागेकी हुन्। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन्। मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन…
काठमाडौं। रास्वपाकै सांसदहरुले सरकारको वि रोध गर्न थालेपछि र प्रधानमन्त्री बालेनले आफु एक्लिएको आशय झल्कने गरी स्टाटस लेखेको भोलिपल्ट पार्टी सभापती रवि लामिछानेले त्यसबारे बोलेका छन्। शनिबार आयोजित एक कार्यक्रममा उनले भनेका छन् : कहिलेकाहीँ सरकारको विरोध भइरहँदा, राजनीतिक मुद्धाहरु हेर्दा, पार्लियामेन्टको गतिविधिहरु हेर्दा लौ गयो की, बर्बाद भयो की, यो दुई तिहाईको सरकार पनि खेर जाने हो की, तपाईहरुलाई देख्यौ त भन्दै गाली पर्न गर्लान्, तपाईहरु आत्तिनु त भएको छैन भन्ने मलाई लागेको छ। आँत्तिनु पर्दैन, हामी सम्हालेर जान्छौँ। ट्रान्सिजन कहिलेकाहीँ अत्यासलाग्दो हुन सक्छ। यो पोलिटिक्सको पाराडायम सिफ्ट भएको हुनाले अत्याउनेहरु पनि हुन्छन्, कहिले काहीँ हो की क्या हो…
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्राय सार्वजनिक विदा आसपासमा सामाजिक सन्जालमा स्टाटसहरु लेख्ने गर्छन। उनको यो साइतलाई विभिन्न कोणबाट टिप्पणी पनि हुने गर्छ। उनी प्राय आफ्ना कुराहरु सामाजिक सन्जालबाटै राख्ने गर्छन्। आफ्ना काम, शैली र निर्णयमा आत्मविश्वासी देखिने गरेका बालेन आफ्ना कमजोरी स्विकार नगर्ने नेताका रुपमा मानिसहरु उनलाई बुझ्ने गर्छन्। तर यतिबेला भने प्रधान मन्त्री बालेनले आफु अप्ठेरोमा रहेको संकेत गरेका छन्। शुक्रबार साँझ लेखेको एक स्टाटसको यतिबेला चर्चा भइरहेको जहाँ उनले पार्टीभित्रै एक्लिँदै गएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘ केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक…
काठमाडौं : गत वर्षको आम्दानीबाट लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ कामना सेवा विकास बैंक । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो । उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।बैंकको…
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवशायी संघले आन्दोलन घोषणा गरेको छ। शुक्रबार रातीदेखि सरकारी सेवा नलिने र माग पुरा नभए भदौ १ गदेखि श्रमिक बाहिर नपठाउने म्यानपावर व्यवशायीले घोषणा गरेका छन्। यसअघि संघले सरकारलाई १५ बुँदे माग अघि सारेको थियो। तर ती मागको सुनुवाई नगरिएको संघको गु नासो छ। आज आयोजना गरेको पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेतले माग सम्बोधन नभएसम्म सरकारले दिने सेवा सुविधा नलिने बताए । संघ अध्यक्ष डिकबहादुर खत्रीले आजसम्म श्रम स्वीकृति लिइसकेकाको हकमा १ भदौसम्म वैदेशिक रोजगारीमा पठाइसक्न समय दिइएको बताए । विभागले पूर्व र अन्तिम श्रम स्वीकृति, विज्ञापन, मागपत्र प्रमाणीकरण लगायत सेवा प्रदान गर्दै…
काठमाडौं : कर प्रणालीमा व्यापक सुधार, वित्तीय सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने सरकारको नीति अनुरूप आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्य चिठ्ठा (लकी ड्र) नतिजा सार्वजनिक भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता/करदातामध्येबाट पारदर्शी ढंगले पहिलो चरणका विजेता छनोट कार्यक्रम सम्पन्न गरेको हो। सो अवसरमा एक किराना पसलमा २५० रुपैयाँको सामान खरिद गर्ने कुपन नम्बर ००७३१५२५४४९३ का उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गर्न सफल हुनुभएको छ। उक्त पुरस्कार रकम नियमानुसार २५ प्रतिशत कर कट्टा गरी तत्कालै…
काठमाडौं । विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालनमा आएको छ । यसअघि त्रिभुवन विश्वविद्यालयले प्रदान गर्दै आएको यो सेवा २०८३ साउन १ गतेदेखि कानुनी व्यवस्थाअनुसार आयोगमा हस्तान्तरण भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । आयोगले समकक्षता सेवाका लागि आवश्यक नियमावली तयार गरी स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाइसकेको छ । हाल नियमावली अर्थ मन्त्रालयबाट राय–परामर्श लिने प्रक्रियामा रहेको र स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । नियमावली स्वीकृत नभइसके पनि सेवा अवरुद्ध हुन नदिन आयोगले आवश्यक पूर्वाधार तयार गरी साउन ६ गतेदेखि अनलाइन आवेदन दर्ता प्रणाली…
काठमाडौं। रास्वपा सांसद राजुनाथ पाण्डेले नेपाली सेनासँगको विवादका कारण आफुलाई ट्रोल बनाइएको र ह्यारेस गरिएको गुनासो गरेका छन्। उनले भने, ‘ अहिले एउटा सामान्य सेनाको अफिसर्ससँग तुलना गरेर जनताको प्रतिनिधिलाई ह्यारेस गर्न खोजिँदै छ।’ टिकाराम यात्रीसँगको अन्तवार्तामा पाण्डेले हालै गोकर्णेश्वरमा सेनाको ब्यारेकसँग जोडिएको पर्खाल भत्काउँदा भएको वि वादबारे बोलेका छन्। बालेनसँग किन यति नतमस्तक भन्ने प्रश्नको जवाफ दिनेक्रममा उनले भावुक हुँदै भने : त्यो उहाँको इमान्दारिता देखेर हो। त्यो इमान्दारिता अरुमा पाउँदिन। मलाई कसैको भजन गाउनु पनि छैन, यो कुरा सुनेर म भावुक हुन्छु। अहिले पनि कुरा गर्दै गर्दा यो किन गरिन्छ, इमान भएर काम गर्न पाइन्न ? मेरो यसमा…
काठमाडौं। बैंकमा पैसा थुप्रिनु भनेको के हो ? किन थुप्रिन्छ ? जो कोहीले पनि सहजै उत्तर दिन सक्छ : बैंकमा डिपोजिट मात्र भयो तर लगानी भएन। लगानी गर्न लगानीकर्ताले रिण लिनु पर्यो त्यो भयो भने उसले ब्याज प्राप्त गर्छ र अर्थतन्त्र पनि चलायमान हुन्छ। अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले व्यवशायी तथा लगानीकर्ताले किन रिण लिन खोजिरहेका छैनन् भनेर वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत-सीईओदेखि राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु सम्मलाई बोलाएर जवाफ खोजिरहेका छन्। दुई दिन अघि उनले सबै बाणिज्य बैंकका सीईओहरुलाई बोलाएर भने : ‘बैंकहरूले कर्जा विस्तारमा के समस्या भइरहेको छ? सरकारले केही गर्नुपर्ने अवस्था छ भने भन्नुहोस्। हामी सहजीकरण गर्छौँ।’…
काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई बोलाएर उनिहरुसँग छलफल गरेका छन्। नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग भएको छलफलमा देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूबाट अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्न सहयोग पुग्ने विश्वास अर्थ मन्त्रालयको थियो। कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीले के भने ? यस्तो थियो उनको सम्बोधन : आदरणीय कार्यकारी निर्देशकज्यूहरू, यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आजको बैठक नियमित अन्तरसंस्थागत समन्वय बैठक मात्र नभएर नेपालको आर्थिक रूपान्तरणलाई कार्यान्वयनमा लैजाने साझा अभियानको एउटा महत्वपूर्ण चरण हो। पछिल्ला केही दिनमा मैले उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग लामो समय छलफल गर्ने…