Author: एनआरएन

काठमाडौं। सामाजिक सन्जाल र अन्तर्राष्ट्रिय मिडियाहरुमा दुई दिनयता क्रिस्टियानो रोनाल्डो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट र कुराकानी भइरहेका तस्विर र भिडियोहरु भाइरल भइरहेका छन्। उनीहरुसँगै दिखिन्छिन् रोनाल्डोकी गलफ्रेन्ड जर्जिना रोड्रिगुएज पनि। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफ्नो अफिसियल युट्युबमा रोनाल्डो र हाँस्दै हिँडिरहेको भिडियो सर्ट्सका रुपमा राखेको छ। यतिबेला यो भेटघाटलाई लिएर अनेकन टिप्पणीहरु भइरहेका छन्। ट्रम्पले लियोनल मेस्सीभन्दा रोनाल्डोलाई भाउ दिएछन् ? सामाजिक सन्जालमा आइरहेका अधिकांश टिप्पणीहरुको सार यस्तै देखिन्छ। रोनाल्डो किन अमेरिका गएका हुन्,  उनलाई ट्रम्पले किन भेटे? अनि यो भेटघाटको समाचारमा ‍मेस्सी किन जोडिए त ? स्थानीय समयअनुसार मंगलबार राती राष्ट्रपती ट्रम्पले आयोजना गरेको विशेष रात्री…

Read More

काठमाडौं। प्रहरीले नेपाल प्रिमियर लिग-एनपीएल क्रिकेटमा फिक्सिङका लागि अप्रोच गरेको र बेटिङ गराएको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दलप्रित सिंह र नेपालको बर्दिया घर भई भारतको चण्ढगड बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेकी छिन्। प्रहरीका अनुसार रेविकाले सुरुमा प्रायोजन गर्ने प्रलोभन देखाएर खेलाडीलाई सामाजिक सन्जालमार्फत अप्रोच गरेकी थिइन्। त्यसपछि फिक्सिङका लागि प्रस्ताव गरेको प्रहरीको दावी छ। ती खेलाडीकै उजुरीपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो। यतिबेला नेपाल प्रिमियर लिगमा बेटिङको सरोगेट कम्पनीलाई प्रायोजक बनाएको भन्दै विवाद भइरहेको छ। डाफान्युज नामक बेटिङको सरोगेट कम्पनीले प्रायोजन गरेको छ। सरोगेट कम्पनीसँग प्रायोजन गरेर नेपालमा क्यानले…

Read More

काठमाडौं। बाराको सिमरामा जे‍नजी र एमाले कार्यकर्ताबीच झडप भएको छ। बारामा हुन लागेको एक कार्यक्रममा सहभागी हुन काठमाडौंबाट जान लागेका महेश बस्नेतको विरोधमा जेनजीहरुले प्रदर्शन गरेपछि एमाले कार्यकर्ताहरुले आक्रमण गरेका थिए। आक्रमणबाट केही जेनजीहरु घाइते भएका छन्। त्यसपछि कर्फ्यु जारी गरिएको थियो। तनावबीच सिमरा विमानस्थलको प्रवेशद्धारमा तोडफोड भएको थियो। यो घटना राष्ट्रिय चासोको विषय बनिरहेको छ। प्रधानमन्त्री शुसिला कार्कीले पनि चिन्ता व्यक्त गरेकी छिन्। यस्तै विभिन्न राजनीतिक दलहरुले जेनजीका गतिविधिमाथी आपत्ती जनाएका छन्।

Read More

काठमाडौं- गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिगततर्फ पुन राजबहादुर शाह बनेका छन्। सरकारले शाहलाई सोमबार त्यसबापत सम्मान गरेको छ। शाह जावलाखेल समूहका एमडी हु्न। पछिल्ला वर्षहरूमा धेरै कर तिर्ने उनी हुँदै आएका छन्। जावलाखेल समूहका राजबहादुर र विजयबहादुर शाह धेरैपटक सम्मानित हुँदै आएका छन्।  राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले बर्सेनि धेरै कर तिर्ने तथा समयमै विवरण बुझाउने करदातालाई सम्मान गर्दै आएको छ। गत आर्थिक वर्ष संस्थागतमा धेरै आयकर तिर्नेमा दूरसञ्चार प्राधिकरण बनेको छ। वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट, मध्यमस्तरीय करदातामा सीडीएस एण्ड क्लियरिङ, ऊर्जामा भोटेकोसी पावर, रेमिट्यान्समा आईएमई रहेका छन्। त्यस्तै भ्याटको समयमै विवरण बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी…

Read More

नेपाल प्रिमियर लिग-एनपीएलका क्रिकेटको यो सिजनका लागि बहु प्रतिक्षित थियो- यसपटक टिकट दर कति हुन्छ भनेर। फ्लडलाइटमा खेल हुने भएकाले टिकटदर बढ्ने अनुमान भइरहेको थियो। तर कति बढ्छ ? सार्वजनिक नभई भन्न सकिने अवस्था थिएन। अन्तत एनपीएल सुरु हुन केवल ४ दिन बाँकी रहँदा नेपाल क्रिकेट संघ-क्यानले बिहीबार टिकटदर सार्वजनिक गरेको छ। ३ वटा क्याटोगरीमा टिकटदर तयार गरिएको छ जनरल, प्रिमियम र सिजन पास भनेर। जनरलतर्फ प्ले अफ र फाइनलबाहेक टिकटदर ५ सय रुपैयाँ तोकिएको छ। यसको मतबल ५ सय रुपैयाँमा हरेक दिनका खेल हेर्न सकिने छ। यस्तै प्ले अफ र फाइनलका लागि एक हजार रुपैयाँ टिकट दर तोकिएको छ।…

Read More

काठमाडौं। कोर बैङ्किङ सिस्टम परिवर्तनपछि हिमालयन बैंकका अधिकांश सेवाहरु सुरु भएका छन्। हिमालयन बैंकले कात्तिक पहिलो साता सिस्टम अपग्रेड गरेको थियो। हिमालयन बैंकका सीईओ अशोक राणाका अनुसार कनेक्ट आईपीएस, आरटीजीएस, कार्ड लगायतका सुविधाहरु सञ्चालनमा आइसकेको छ। बैंकले तिहारको समयमा कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भन्दै ३ देखि १० कात्तिकसम्म मोबाइल बैंकिङ लगायत बैंकिङ सेवा नचल्ने बताएको थियो । बैंकले कोर बैंकिङ सफ्टवेयरलाई टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गरेको थियो । सोही कारण कात्तिक ३ देखि १० गतेसम्म बैंकिङ सेवा नचल्ने सूचना जारी गरेको थियो। अहिले मोबाइल बैङ्किङमा मात्र समस्या रहेको छ। यो पनि समाधान हुन लागेको राणाले बताए। उनले समस्याको…

Read More

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।सभाले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।बैंकले आर्थिक वर्ष २०८१।८२ मा रु. ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा रु. ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।साधारणसभामा आफ्नो मन्तब्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र…

Read More

काठमाडौं। जेनजी आन्दोलनमा दमन गर्ने तत्कालिन सरकार र त्यसको सत्तारुढ दल अनि प्रहरी प्रशासन विस्तारै खुल्दै गएका छन्। उनिहरु जेनजी आन्दोलन विध्वंस थियो भनिरहेका छन्। जेनजीका नाममा अरु कसैले वितण्डा मच्चाएको उनिहरुको दावी छ। जेनजीहरुले आन्दोलनका दमनकारीहरुलाई कारबाही गर्नुपर्ने माग गरिरहेका बेला पछिल्लो समय आन्दोलनकारीहरु पक्राउ पर्ने क्रम बढिरहेको छ। जेनजी अभियन्ताहरुमाथी विभिन्न आरोपहरु लागिरहेको छ। उनिहरु खुलेर बोल्न छाडेका छन्। यता जेनजी सरकार फागुन २१ का लागि चुनावको मिती घोषणा गरेर तयारीमा जुटिरहेको छ। जेनजीहरु त्यसमा सहभागी हुन आह्वान गरिरहेका छन्। यता तत्कालिन सत्तारुढ दलहरु संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा देखिएका छन्। यो अन्योलताबीच हामीले जेनजी अभियन्ता रक्षा बमसँग समसामयीक…

Read More

काठमाडौं। सरकारले सोमबार दानबहादुर कार्कीलाई नेपाल प्रहरीको आईजिपी बनाउने निर्णय गरेपछि धेरैको मनमा उठिरहेको प्रश्न हो के कार्कीले केपी शर्मा ओलीलाई पक्राउ गर्न सक्लान् त ?  त्यो हिम्मत र आँट यीनीसँग छ ? धेरैले लागिरहेको छ – सरकारले ओलीलाई पक्राउ गर्न सक्ने आईजिपी ल्यायो। नेपाल प्रहरीमा किन आईजिपी फेरिन लागे, के अहिलेका आईजिपी चन्द्रकुबेर खापुङलाई हटाएर सरकारले कार्कीलाई ल्याउन लागेको हो ? अनि कार्की सरकारले चाहेका आईजिपी हुन् त ? कार्कीले जेनजीहरुको अपेक्षा पुरा गर्न सक्छन् ? उनका चुनौतीहरु के के छन् ? यस्तै यस्तै तपाईका जिज्ञासाहरु मेट्ने प्रयाश गर्ने छौँ। सुरुमा बुझौँ, सरकारले किन नयाँ आईजिपी नियुक्त गर्‍यो ?…

Read More

काठमाडौं। नेपाल प्रहरीको नयाँ प्रमुख-आईजिपीमा दानबहादुर कार्की नियुक्त भएका छन्। मन्त्रि परिषद्को सोमबारको बैठकले हाल एआईजी रहेका कार्कीलाई आईजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह पनि आईजीपि बन्ने होडमा थिए। तर जेनजी सरकारले वरियताको पहिलो नम्बरमा रहेका कार्कीलाई आईजिपी बनाउने निर्णय गर्‍यो। कार्कीले आगामी कात्तिक २७ गते कार्यभार सम्हाल्नेछन्। उनी २ वर्षभन्दा बढी नेपाल प्रहरीको प्रमुख रहनेछन्। हालका आईजिपी चन्द्रकुबेर खापुङले बुधबार रातीदेखि अनिवार्य अवकाश पाउँदैछन्, ३० वर्षे सेवा अवधिका कारण। उनी झन्डै २ महिना नेपाल प्रहरीको आईजिपी रहे।

Read More