काठमाडौं। श्रीमानसँग सँधैका लागि बस्न पाउने भएपछि केही समययता उनको खुसीको सिमा थिएन। राजस्थानको एक निजि हस्पिटलमा उनको डाक्टरी जागिर राम्रै थियो। उनको जिवनमा अझ राम्रा दिनहरु आउँदै थिए। आफ्नो लागि, परिवारका लागि र छोराछोरीका लागि उनले लन्डन रोजेकी थिइन्।
एक महिनाअघि भारतको जागिर छाडेर उनी अब विदेशमा जिवन विताउने तयारी गर्दै थिइन्। साथमा रहेका ५ वर्षका जुम्ल्याहा छोरा र ८ वर्षकी छोरी पनि अब लन्डन जाने र बाबुसँगै बस्ने कुराले सुपर एक्साइटेड थिए।

लन्डनमा डाक्टरी पेशा नै गरिरहेका प्रतिक जोशी तीन सन्तान र श्रीमती डाक्टर कोनी ब्यासलाई लिन आएर बिहीबार फेरी कर्म भूमी फर्कैदै थिए। उनीहरु कति खुसी थिए, विमान भित्र चढिसकेपछि खिचेर आफन्तलाई पठाएको यो तस्विरबाट देखिन्छ। तर यो खुसी लामो समय टिक्न सकेन।
गुजरातको अहमदावादमा बिहीबार दिउँसो २४२ जना यात्रु सवार विमान दुर्घटना हुँदा डां प्रतिक दम्पती र उनिहरुका तीनै जना सन्तानको ज्यान गयो। एयर इन्डियाको बोइङ ७८७ ड्रिम लाइनर एयरक्राफ्ट विमान दुर्घटना हुँदा एक जना यात्रु मात्र जिवितै भेटिए। त्यति मात्र होइन, विमान मेडिकल कलेजको होस्टलमाथी बजारिँदा त्यहाँ रहेका झन्डै ५० जना पनि मारिएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। होस्टलमा विधार्थीहरु जम्मा भइरहेकै बेला विमान खसेकाले त्यहाँ मारिने पनि धेरे भए।
डा प्रतिक जोशी रेडियोलोजिस्ट थिए ।श्रीमती कोनी प्याथोलोजिस्ट थिइन्। ४ वर्षदेखि लन्डनमा बसेर काम गरिरहेका प्रतिकको परिवारलाई पनि त्यहीँ ल्याउने चाहना थियो। कोनी राजस्थानको बंश्वरामा बस्दै आएकी थिइन्। भिषाको प्रकृया सबै पुरा भएपछि प्रतिक तीन दिन अघि मात्र भारत आएका थिए, परिवारलाई लिन। तर उनिहरुलाई एयरपोर्टमा विदाई गरेर आफन्त नफर्कँदै नजिकै विमान आकाशबाट खसेको थियो।
सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३८ मिनेटमा लन्डनका लागि उडेको विमान ३० देखि ४० सेकेन्डको बीचमा खसेको थियो। विमानस्थलबाट करिब ५ किलोमिटर सडक दुरीमा रहेको बिजे मेडिकल कलेजको होस्टलमा विमान झरेर बजारिएको थियो। त्यो ठाउँ एयरपोर्टको रन वे इन्ड प्वाइन्टदेखि सिधा सन्डै १४ सय मिटर अर्थात झन्डै डेढ किलोमिटर दुरीमा पर्छ। विमान खसेलगत्तै त्यस ठाउँमा आगोको विशाल मुस्लो निस्कियो।
उक्त विमानमा २ सय ३० जना यात्रु र १२ जना क्रियु मेम्बर थिए। एक सय ६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र एक जना क्यानेडियन यात्रु लन्डनका लागि उडेका थिए।
सार्वजनिक भएका सिसिटिभी फुटेजका आधारमा भन्ने हो भने एयरपोर्टलाई छाडेर उचाई लिनेक्रममै विमान खसेको देखिन्छ। भारतीय सन्चार माध्यमका अनुसार अधिकतम एक सय ९० मिटरसम्म मात्र विमानले उचाई लिएको थियो। त्यसपछि क्रमश झर्न थाल्यो।
हवाई उडान विज्ञहरुका अनुसार जुन समयभित्र ड्रिमलाइनर खसेको थियो जमिन छाडेर आकाशमा उड्न थालेको त्यो अवधिलाई निकै संवेदनशिल मानिन्छ किनभने त्यतिबेला विमान उचाई लिनेक्रममा हुन्छ।
क्याप्टेन सुमित सभरवालले विमान दुर्घटना हुनुअघि एयर ट्राफिक कन्ट्रोलसँग मेडे कल गरेका थिए जसको अर्थ हुन्छ बचाउ। लाइफ थ्रिटेनिङ कन्डिसनमा विमानका क्याप्टेनले यस्तो कल गर्छन्। भारतीय सन्चार माध्यमका अनुसार क्याप्टेन सभरवालले इन्जिनले काम नगरेको संकेत गरेका थिए। त्यसको केही समयम सम्पर्क विच्छेद भएको थियो।
विमान कसरी दुर्घटना भयो, कारण के थियो ? ककपिटमा अन्तिम समयमा पाइलट र को पाइलटबीच के कुराकानी भएको थियो। अब विस्तारै थाहा हुने छ। ब्ल्याक बक्स भेटिएकाले त्यसबाट धेरै कुरा थाहा हुने छ।
सन् २०११ देखि व्यावशायीक उडानमा प्रयोग भइरहेकव बोइङ ७८७ ड्रिमलाइनर एयरक्राफ्ट फेटल क्य्रास भएको यो पहिलोपटटक हो। अमेरिकन कम्पनी बोइङ कमर्सियल एयरप्लेन्सले उत्पदान गर्ने यो एयरक्राफ्ट प्रावधिक हिसाबले निकै सुरक्षित मानिँदै आएको थियो।
बोइङ ७८७ ड्रिमलाइनर एयर क्राफ्ट विश्वभर झन्डै १२ जति रहेको बताइन्छ। २ सय ४२ देखि ३ सय १८ जनासम्म यात्रु अट्ने तीनवटा भेरियट्स यो एयरक्राफ्टका छन्।एयर इन्डियाले प्रयोग गर्दै आएको भेरियन्ट २ सय ४२ यात्रु क्षमताको थियो। यो विमानले लगातार १३ हजार किलोमिटरसम्म उडान भर्न सक्छ।
बिहीबार विमानको पूर्ण क्षमतामा यात्रुलाई लिएर बोइङ ७८७ अहमदावाददेखि लन्डनका लागि उड्दै थियो।
विमानका पाइलट सुमित सभरवाल अनुभवी पाइलट मानिन्थे। हालसम्म ८२ सय घण्टा व्यावशायीक उडान भरेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।
अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार विमान उचाईमा जान छाडेर झर्न थालेपछि क्याप्टेन निकै आँत्तिएर एयर ट्राफिक कन्ट्रोलसँग कुराकानी गरेका थिए। उनी एयर इन्डियाका वरिष्ठ पाइलट हुन्।
५४ वर्षका उनले यसअघि एयरबस ए थ्री वन जिरो र बोइङ सेभेन सेभन सेभन पनि उडाएका थिए। सुमित झन्डै ३ दशकदेखि विमान उडाइरहेका थिए। अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार सुमितले बिहीबार लन्डन पुगेपछि फोन गर्छुभन्दै उड्नुअघि परिवारसँग कुराकानी गरेका थिए।
बाँच्न सफल भएका ४० वर्षीय विश्वासकुमार रमेश बेलायती नागरिक हुन्। उनी परिवारका एक सदस्यसहित अहमदावादबाट लन्डन फर्किरहेक थिए। अस्पतालमा उपचार भइरहेका विश्वासकुमारले उछिट्टिएको प्लेनको भागबाट निस्किएको बताएका छन्। उनी विमानको इमर्जेन्सी एक्जिट ढोका नजिकैको सिटमा थिए।
दुर्घटनाग्रस्त विमानबाट उक्लै निस्किरहेको अवस्थामा उनी रक्ताम्य भेटिएका थिए। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। विश्वासकुमारको साथबाट बोर्डिङ पास पनि भेटिएको थियो। भारतीय सन्चार माध्यमहरुका अनुसार उनिको अवस्था खतरा मुक्त छ।
झन्डै १० घण्टाको लगातार उडानका लागि निस्किएरहेको उक्त विमानमा एक लाख २५ हजार लिटर इन्धन थियो। सोही कारण विमान होस्टल रहेको विल्डिङमाथी बजारिँदा त्यसभित्र रहेका मानिसहरु बाँच्ने सम्भावना कम थियो।
यति भयानक दुर्घटनामा मानिस जिवित भेटिनु दुर्लभ मानिन्छ। यसअघि सन् १९७१ मा पेरुमा भएको विमान दुर्घटनामा ९१ जना यात्रुको मृत्यु हुँदा १७ वर्षीया एक यात्रु मात्र जिवितै भेटिएकी थिइन्। यस्तै अमेरिकामा सन् १९८७ मा भएको दुर्घटनामा एक सय ५४ जना यात्रुको मृत्यु भएको थियो।
४ वर्षीया एक बालिका मात्र जिवितै भेटिएकी थिइन्। सन् २००९ मा यमनियन विमान हिन्द महासागरमा दुर्घटना हुँदा एक सय ५२ जनाको ज्यान गएको थियो। एक १२ वर्षीया बालिका मात्र बाँचेकी थिइन्। यस्ता अन्य थुप्रै घटना छन्।
भारतमा यसअघि पनि थुप्रै पटक ठुला विमान दुर्घटना भएका छन्। सन् १९७८ मा मुम्बईबाट दुबई गइरहेको एयर इन्डियाको विमान अरब सागरमा खस्दा सबै २ सय १३ जना यात्रुको ज्यान गएको थियो। सन् १९९६ मा हरियाणामा दुईवटा विमान ठोक्किँदा३ सय ४९ जना यात्रु मारिएका थिए। सन् १९८८ मा अहमदावादमै ल्यान्डिङका क्रममा इन्डियन एयरलाइन्सको विमान दुर्घटना हुँदा एक सय ३३ जनाको ज्यान गएको थियो।
बिहीबार भएको दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई टाटा ग्रुपले जनहीँ एक करोड भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। टाटा गुप दुर्घटना भएको एयर इन्डियाको मालिक हो।



