काठमाडौं। केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयोतोल्लाह अलि खमिनी कहाँ रहेका छन् आफुलाई थाहा भएको र सजिलो मार्न सक्ने बताए।
तर उनले सँगै थपे- अहिले उनी सुरक्षित छन। खमिनी बंकरमा लुकिरहेको भनेर समाचार आइरहेका बेला ट्रम्पले यस्तो भनेका थिए। उनले इरान र खमिनीलाई स्वेच्छिक आत्मसम्पर्ण गर्न पनि भने।

त्यसपछि खमिनीले कडा प्रतिवाद गरे। इजरायलसँग चलिरहेको युद्धमा सहभागी भए अमेरिकालाई ठुलो अपूर्णीय क्षति हुन सक्ने चेतावनी दिए।
लगत्तै ट्रम्पले इरानमाथी आक्रमण गर्ने योजना पारित गरे। अमेरिकी हवाई सेनाले शनिबार राती इरानका मुख्य तीन आणविक भट्टीमा शक्तिशाली विस्फोट गरायो। पहाडभित्र सन्चालन गरिएको फोर्डो आणविक भट्टीमा ६ वटा शक्तिशाली विस्फोट गराइएको छ।
यो त्यही आणविक भट्टी हो जुन अमेरिकाले मात्र नस्ट गर्न सक्छ भनेर समाचारहरु आइरहेका थिए। जमिन मुनी गहिरोसम्म पुगेर विस्फोट गराउने सामर्थ्य राख्ने विटु बम्बर अमेरिकाले प्रयोग गरेको छ।
केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयोतोल्लाह अलि खमिनी कहाँ रहेका छन् आफुलाई थाहा भएको र सजिलो मार्न सक्ने बताए।
तर उनले सँगै थपे- अहिले उनी सुरक्षित छन। खमिनी बंकरमा लुकिरहेको भनेर समाचार आइरहेका बेला ट्रम्पले यस्तो भनेका थिए। उनले इरान र खमिनीलाई स्वेच्छिक आत्मसम्पर्ण गर्न पनि भने।
त्यसपछि खमिनीले कडा प्रतिवाद गरे। इजरायलसँग चलिरहेको युद्धमा सहभागी भए अमेरिकालाई ठुलो अपूर्णीय क्षति हुन सक्ने चेतावनी दिए।
लगत्तै ट्रम्पले इरानमाथी आक्रमण गर्ने योजना पारित गरे। अमेरिकी हवाई सेनाले शनिबार राती इरानका मुख्य तीन आणविक भट्टीमा शक्तिशाली विस्फोट गरायो। पहाडभित्र सन्चालन गरिएको फोर्डो आणविक भट्टीमा ६ वटा शक्तिशाली विस्फोट गराइएको छ।
यो त्यही आणविक भट्टी हो जुन अमेरिकाले मात्र नस्ट गर्न सक्छ भनेर समाचारहरु आइरहेका थिए। जमिन मुनी गहिरोसम्म पुगेर विस्फोट गराउने सामर्थ्य राख्ने विटु बम्बर अमेरिकाले प्रयोग गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै जवाफी हमला नगर्न चेतावनी दिँदै इरानलाई भनेका छन्- अझै हामीसँग धेरै तार्गेटहरु बाँकी नै छन्।
यसको मलतब हो- अमेरिकाले सिध्याउन अझै धेरै बाँकी छ। अघिल्लो दिन मात्र अमेरिकी अबखर न्युयोर्क टाइम्सले इरानी सर्वोच्च नेता खमेनीले आफु मारिएको अवस्थामा आगामी उत्तराधिकारीका लागि तीन जनाको मनोनयन गरको भनेर समाचार लेखेको थियो। अन्य सैन्य नेतृत्वका लागि पनि खमेनीले उत्तराधिकारी मनोनयन गरेको न्युयोर्क टाइम्सले दावी गरेको छ।
यतबेला इरानले अमेरिकाको आक्रमणलाई कसरी रेस्पन्स गर्छ प्रतिक्षा बनेको छ। अमेरिकाले आणविक अप्रसार सन्धी- उल्ल्घन गरेर इरानमा हमला गरेको भन्दै छानबिन गर्न संयुक्त राष्ट्र संघको इन्टरनेसनल अटोमिक इनर्जी एजेन्सी अर्थात आईएईएलाई आह्वान गरेको छ। आईएईएले ३५ राष्ट्र सदस्य संलग्न रहने बोर्डको बैठक बोलाउने तयारी गरिरहेको छ।
आणविक अप्रसार सन्धी त्यस्तो सन्धी हो जसका हस्ताक्षर गर्ने राष्ट्रले आफुसँग भएका आणविक हतियार अरु देशलाई नदिने, शान्तीपूर्ण प्रयोगका लागि आणविक कार्यक्रम सन्चालन गर्ने र आणविक हतियार भएका देशले त्यसलाई कम गर्दै लैजाने भन्ने शर्तहरु पालना गर्नुपर्छ। अमेरिकाले आणविक हतियार तयार गरिसकेको छ। इरानसँग त्यस्ता हतियार छैन। तर अहिले भइरहेका आणविक कार्यक्रमहरुमार्फत आणविक हतियार तयार गर्ने लक्ष्य इरानले लिएको आरोप इजरायल र अमेरिकाले लगाउने गरेका छन्।
आणविक कार्यक्रम सन्चालन भएका देशमा त्यस्ता कार्यक्रमको नियमित अनुगमन संयुक्त राष्ट्र संघको आईएइईले नियमत गर्ने गर्छ।
शान्तीपूर्व प्रयोजनका लागि सन्चालित आणविक भट्टीहरुमा अमरिका र इजरायलले यूएन चार्टर्ड र अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेर हमला गरको आरोप लगाएको छ। त्यो भनेको एउटा स्वतन्त्र देशको अस्तित्व र उसको अधिकारमाथीको हमला हो।
आणविक खतराबाट विश्वलाई मुक्त गर्न भन्दै इजरायलले झन्डै एक साता अघि इरानमा आक्रमण थालेको थियो।
इरान आणविक हतियार बनाउने दिशा नजिक पुगेको दावीसहित आत्मरक्षाका लागि भन्दै इजरायलले हमला थालेको थियो। यसबीचमा इरानका थुप्रै आणविक वैज्ञानिकहरु मारिएका छन्। आणविक भट्टी र एयर डिफेन्स सिस्टममा हमला गरिएको छ।
सैन्य प्रमुखहरुलाई ढालिएको छ। औपचारिक रुपमा सहभागी हुनु अगावै इजरायललाई अमेरिकाले पछाडिबाट साथ दिएको दावि इरानको थियो। इरानले पनि यतिबेला इजरायलका विभिन्न शहरहरुम निरन्तर हमला गरिरहेको छ।
अब इरानले इजरायलमा मात्र हमला गर्छ की अरुतिर पनि ?
अरु तिर किन भनेको हो भने मध्य पूर्वी एसियाका थुप्रै देशमा अमेरिकी सेनाको एयर बेसहरु छन् जसविरुद्ध इरानले हमला गर्न सक्ने भनेर यतिबेला आँकलन भइरहेको छ।
मध्यपूर्वमा रहेका अमेरिकी सेनाको हवाई बेसमा मात्र ४० हजार अमेरिकी सेनाहरु रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।
यो युद्धमा चासोपूर्वक हेरिएका चीन र रुसले सुरुदेखि नै इजरायलले इरानमाथी गरिरहेको आक्रमणको निन्दा गरिरहेका छन्। कुटनीतिको माध्यमबाट समाधान गर्नुपर्ने विषयमा गलत तरिका अपनाइएको उनिहरुले बताइरहेका छन्। चीनियाँ राष्ट्रपती सि जिन पिङले मध्यपूर्वमा अस्थिरता भए विश्वमै शान्ती नहुने बताएका थिए।
उनले इजरायलले युद्ध विराम गर्न र स्थिती थप नबिगार्न आग्रह गरेका थिए। त्यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका यो युद्धमा सहभागी भए विश्व आणविक दुर्घटनाबाट मिलिमिटरले मात्र टाढा हुने बताएका थिए। यतिबेला ओमान, कतार, इराकजस्ता देशले पनि क्षेत्रिय अशान्ती मच्चिन सक्ने भन्दै अमेरिकी हमलाको विरोध गरिरहेका छन्।
यतिबेला इरानी विदेश मन्त्री अब्बासले अमेरिकी आक्रमणपछि वार्ताको सम्भावना सकिएको र यो युद्ध लामो समयसम्म जाने बताएका छन्।
इजरायलले आक्रमण गर्दा अमेरिकासँग छलफल अगाडि बढाएको र पछिल्लो समय युरोपियन युनियनसँग छलफल चलिरहेका बेला अमेरिकाले आक्रमण गरेको भन्दै अब कुटनीतिक छलफलको बाटो बन्द भएको बताएका छन्।
यतिबेला इजरायली आक्रमणको विरोध गरिरहेका रुस र चीनले इरानलाई साथ दिन्छन् की दिँदैनन् भनेर हेर्न बाँकी छ। ह्वाईट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले तत्कालका लागि चीनले इरानलाई सहयोग नगर्ने दावी गरेकी छिन्।
अन्य दुई देशका मामलामा चीन संलग्न नहुने गरेको विगतका कारण यतिबेला चीनले हतियार र सैन्य सहयोग इरानलाई गर्ने सम्भावना नरहेको विश्लेषण भइरहेको छ। रुस र युक्रेनबीच भइरहेको युद्ध र पाकिस्तान र भारतबीच केहि समय अघि भएको युद्धमा पनि चीनले विरोध जनाएपनि कुनै पक्षबाट उभिएर युद्धमै सहभागी हुने व्यवहार देखाएको छैन। चीनले गाजामा इजरायलले गरिरहेको आक्रमणको पिन विरोध गर्दे आएको थियो।
यता रुसी राष्ट्रपती भ्लादिमिर पुटिनले केही दिन अघि शान्तीपूर्ण प्रयोगका लागि आणविक भटंटी सन्चालन गर्ने अधिकार इरानलाई भएको बताएका थिए।
संयुक्त राष्ट्र संघको आणविक कार्यक्रम वाचडग आईएईएले ने इरानमा सन्चालिन त्यस्ता कार्यक्रमहरु आणविक हतियार लक्ष्यित नरहेको भनेर बताएको उनले भनेका थिए। रुसले वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिरहेको छ।
चीन, रुस र इरानबी त्रिपक्षीय छुट्टै गठबन्धन भएकाले पनि आजको संकटपूर्ण अवस्थामा उनिहरु एकढिका हुन्छन् की हुँदैनन् हेरिँदै आएको छ। गत मार्चमा बेइजिङमा चीन, इरान र रुसका उपविदेश मन्त्रीस्तरको बैठक भएको थियो। यसले आपसी सहकार्य र इरानमाथी लगाइएको नाकाबान्दीविरुद्ध आवाज उठाएएको थियो।
सन् २०२१ मा इरान र चीनबीच २५ वर्षका लागि सहकार्य सम्झौता भएको थियो विविध क्षेत्रमा। रुस, इरान र चीनका सेनाबीच सन् २०१९ देखि संयुक्त सैन्य अभ्यास पनि हुँदै आएको छ। इरानले विक्री गर्ने कच्चा तेलको ९० प्रतिशत खरिद चीनले गर्दै आएको छ। यी कारणहरुले यतिबेला रुस र चीनको भूमिका कस्तो रह्नछ भनेर हेरिएको छ। उता अमेरिकासँग चीनको सम्बन्ध पछिल्लो समय विग्रिएको छ। अमेरिका र रुस पनि नजिक देखिँदैनन्।
यहिबेला इस्तानबुलमा इस्लामिक राष्ट्रहरुको संगठन अर्गनाइजेसन अफ इस्लामिक को-अपरेसनको बैठक बसिरहेको छ। ५८ देश सदस्य रहेको अर्गनाइजेसन अफ इस्लामिक को-अपरेसनको बैठकले इस्लामिक स्टेट इरानमा भइरहेको आक्रमणका विषयमा एउटा साझा दृष्टीकोण सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ। यो बैठकमा इरानका विदेश मन्त्री अब्बास पनि सहभागी छन्।
यतिबेला इरानमाथी आक्रमण भइरहेकाले अन्तर्राष्ट्रिय कुटनीतिमा अमेरिकाले र आफ्नो नेतृत्वमा सन् २००३ मा इराकमाथी गरेको आक्रमणको चर्चा भइरहेको छ।
इरानकै सिमावर्ती छिमेकी इराकले आतङ्कवादीलाई सहयोग गरेको, आणविक हतियार भण्डार गरेको, सद्धाम हुसेनको सत्ताले मानव अधिकारको चरम उल्लंघन गरेकोलगायत कारण देखाएर अमेरिकाको नेतृत्वमा त्यहाँ हमला भएको थियो। इराकमा २४ वर्ष शासन चलाएका तत्कालिन राष्ट्रपति हुसेनलाई पछि मुद्धा चलाएर मृत्युदण्ड सुनाइएको थियो।
पश्चिमा देश र अमेरिकाले मध्यपूर्वी एसियामा राख्ने चासो र गर्ने आक्रमणलाई त्यहाँ रहेका तेल खानिमाथी नियन्त्रण राख्ने उनिहरुको योजनाका रुपमा पनि हेर्ने गरिएको छ।
यतिबेला इरानमाथी भइरहेको आक्रमणलाई इजरायल र अमेरिकाले ग्लोरिफाई गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एकअर्काको प्रशंसा गरिरहेका छन्। आगामी दिनमा उनिहरुको गठबन्धनविरुद्ध इरान कसरी प्रस्तुत हुन्छ, रुस-चीनलगायत अन्तर्राष्ट्रिय समुदायनले कसरी रियाक्ट गर्छन हेर्न बाँकी छ।