काठमाडौं। पूर्व उर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्। सम्पत्ती शुद्धिकरण अनुसन्धानका लागि उनी पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले खड्कालाई नियन्त्रणमा लिएको छ।
जेनजी आन्दोलनका बेला उनको बुढानिलकण्ढस्थित निवासमा ठुलो मात्रामा विदेशी मुद्रा फेला परेका थिए।

घर जलाउनेक्रममा आन्दोलनकारीले विदेशी मुद्रा निकालेर हावामा उडाएका थिए। त्यसकै अनुसन्धानका लागि खड्कालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।


